back
NMB ad

९७८ मेघावाटको सुनकोशी-२ आयोजना खारेजी गर्न माग

Kumari bank ad

काठमाडौं । जलासययुक्त सुनकोसी-२ आयोजना खारेजीको माग गर्दै उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल र विद्युत विकास बिभागका महानिर्देशक सन्दिप कुमार देवलाई माझी समुदायले ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले यस बारे आफु गम्भिर रहेको र अध्ययन गरेर अगाडि बढ्ने बताउनु भयो । महानिर्देशक देवले हाल वातावरणीय प्रभाव मुल्याङ्कन बारे अध्ययन भईरहेको भन्दै अहिले नै बनिहाल्यो भन्ने नसोच्न आश्वासन दिँदै समुदायको मागलार्ई प्राविधिक, सामाजिक र वातावरिण प्रभाव मुल्याङ्कन गरी प्रतिवेदनमा समावेश गरि पठाउने बताउनुभयो ।

बागमति प्रदेश सांसद रिता माझीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाउँदै आदिवासी माझी र अन्य स्थानीय समुदायको पुख्र्यौली भूमि, पहिचानजन्य भाषा, धर्म, भेषभुषा, संस्कार, संस्कृति, रितिरिवाज, ऐतिहासिक थातथलो, पुरातात्विक स्थल, लदीपुजा, कोशीपुजा, साँस्कृतिक स्थल, पितृ बोलाउने, बगाउने स्थान, घाटहरु, सामुहिक र सामुदायिक सम्पत्तिहरु, देवथान, मठमन्दिर, देउराली, चौतारा, पानीका मुहान सुक्ने ज्ञापनपत्रमा उल्लेख छ ।

साथै पँधेरा, माछा मार्ने, डुङ्गा चलाउने, मर्चा बनाउने, सामाजिक संरचना, प्रथा र प्रथाजनित कानुन र संस्था (मझेसावा), इतिहास लगायत समग्ररुपमा भौतिक, साँस्कृतिक, राजनैतिक, आर्थिक र सामाजिकरुपमा विस्थापित गर्ने तथा भूमिहिन र पहिचानविहिन बनाई इतिहास, सभ्यता, अस्तित्व र पहिचान समाप्त पार्ने भएको हुँदा नेपालको संविधान, कानुन र अन्तर्राष्ट्रिय कानुनलाई समेत मध्यनजर गर्दै माझी समुदाय र अन्य स्थानीयवासीकोे जातीय अस्तित्व र पहिचान रक्षाका लागि सुनकोशी–२ जलविद्युत खारेजी हुनु पर्ने माग गरिएको छ ।

ज्ञापनपत्र संघर्ष समितिका अध्यक्ष बलविर माझी (नवराज) ले मन्त्री भुसाल र महानिर्देशक देवलाई बुझाउनु भएको हो । विद्युत् विकास विभागले सिन्धुली र रामेछापबीच बग्ने सुनकोसी नदीमा उच्च बाँध निर्माण गरी ९७८ मेघावाट क्षमताको आयोजना अघि बढाएको छ ।

वि.सं.२०७८ असोज १९ मंगलवार १७:३३ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...