back
NMB ad

अमेरिकाले नेपालमा खोल्ने भो ३ सय २२ उद्योग, सात अर्ब ३३ करोड लगानी !

Kumari bank ad

काठमाण्डौं । संयुक्त राज्य अमेरिकाका ३ सय २२ उद्योगले मुलुकको विभिन्न क्षेत्रमा सात अर्ब ३३ करोड ३० लाख लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् । अमेरिकाका सबैभन्दा बढी १ सय ४८ उद्योगको लगानी नेपालको सेवा क्षेत्रमा रहेको उद्योग विभागले जनाएको छ ।

विभागको तथ्याङ्क अनुसार अमेरिकी उद्योगको आकर्षण स्वफ्टवयर क्षेत्रमा देखिन्छ । लगानी गर्न स्वीकृति प्राप्त गरेका अमेरिकी उद्योगमध्ये सेवा क्षेत्रमा १४८ उद्योगको दुई अर्ब ६९ करोड ७० लाख, उत्पादनमूलक क्षेत्रमा ७० उद्योगको दुई अर्ब १० करोड ३० लाख, पर्यटन क्षेत्रमा ८० उद्योगको एक अर्ब दुई करोड १० लाख लगानी रहेको छ ।

USA

त्यस्तै ऊर्जा क्षेत्रमा तीन उद्योगको एक अर्ब २८ करोड ७० लाख, कृषि तथा वनजन्य क्षेत्रमा २० उद्योगको २१ करोड २० लाख र निर्माण क्षेत्रमा एक उद्योगको एक करोड लगानी छ । विसं २०७३ जेठ मसान्तसम्म स्वीकृत पाएका अमेरिकी उद्योगको उक्त लगानीबाट मुलुकका विभिन्न क्षेत्रमा १६ हजार २ सय ९३ रोजगारी सिर्जना हुने विभागले जनाएको छ । विदेशी उद्योग दर्ता प्रक्रियाको सहजताका लागि विभागले अनलाइन सेवा सुरु गर्ने तयारी गरेको र छिट्टै सञ्चालनमा आउने विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताए ।

विदेशी उद्योग दर्ता प्रक्रियाको सहजतासँगै मुलुकमा विदेशी लगानी बढ्ने क्रम जारी छ । नेपालमा २०४६ सालदेखि हालसम्म विश्वका ८७ देशका जम्मा तीन हजार ५७८ बढी उद्योगले लगानीका लागि स्वीकृति प्राप्त गरेका छन् । त्यसमध्ये सबैभन्दा बढी लगानी भारतीय उद्योगको रहेको छ । भारतपछि दोस्रोमा चीन र तेस्रोमा अमेरिकाका उद्योगले नेपालमा लगानी गरेका बताइएको छ ।

५ असार २०७३, ५।००

वि.सं.२०७३ असार ५ आइतवार १७:२४ मा प्रकाशित

You can share this post!

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...