back
NMB ad

प्रतितोला ५ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा झर्यो ?

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

छापावाला सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको हो । एक वर्षको अवधिमा छापावाला सुनको मूल्य उक्त रकमले घटेको हो ।

गत वर्षको असोज २० गते र यस वर्षको सोही दिनको तुलनामा सुनको मूल्य ५ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत वर्षको असोज २० गते प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन यस वर्षको सोही दिनसम्म आईपुग्दा ८९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, गत वर्षको असोज २० गते ९४ हजार ४ सय रुपैयाँमा खरिदिबिक्री भएको तेजावी सुनको मूल्य पनि यो वर्षको सोही दिन ८९ हजार ४५० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

त्यसैगरि उक्त अवधिमा चाँदीको मूल्य पनि घटेको छ । गत वर्षको असोज २० गते र यस वर्षको सोही दिनको तुलनामा चाँदीको मूल्य ५० रुपैयाँले घटेको हो ।

गत वर्षको सोही दिन चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँ कायम भई कारोबार भएको थियो । तर, यस वर्षको असोज २० गते भने घटेर १ हजार १६० रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ असोज २० बुधवार १०:०६ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...