back
NMB ad

आज सिटिजन बैंकको ५ लाख ७६ हजार कित्ता सेयर बिक्री, किन झुम्मिए लगानीकर्ता ?

Kumari bank ad

काठमाडौं । साताको चौथो कारोबार दिन सिटिजन बैंकमा लगानीकर्ता झुम्मिएका छन् । बुधवार कम्पनीको सर्वाधिक कारोबार भएको हो ।

उक्त दिन बैंकको २३ करोड ४ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार बैंकको आज ५ लाख ७६ हजार ४२१ कित्ता सेयर खरिदबिक्री भएको छ ।
उक्त दिन कम्पनीको सेयर मूल्य पनि सामान्य वृद्धि भएको हो । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ३९८ रुपैयाँ पुगेको छ ।

बैंकले आर्थिक वर्ष २०७७÷७८ को वितरणयोग्य नाफाबाट १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । साधारणसभाका लागि मिति तय नगरेपनि बैंकले असोज २२ गते बुक क्लोज गर्ने भएको हो ।

बैंक १२.९१ प्रतिशत बोनस र कर प्रयोजनसहित ३.०८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश आजसम्म सेयरधनी बन्ने लगानीकर्ताले पाउनेछन् ।

बिहीबार सार्वजनिक बिदा परेकाले उक्त लाभांश सुरक्षित गर्न आजसम्म अन्तिम मौका रहेको थियो । लगानीकर्ताले लाभांश सुरक्षित गर्न थालेपछि आज बैंकको सर्वाधिक कारोबार भएको हो ।

वि.सं.२०७८ असोज २० बुधवार १६:०७ मा प्रकाशित

You can share this post!

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५३

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,...

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:४३

काठमाडौं । नेकपा एमालेबाट अलगिएर कम्युनिष्ट पार्टी एकताको  अभियान चलाइरहनुभएका...

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:४५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...