काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य फेरि बढेको छ । बुधवार कम्पनीको सेयर मूल्य २.८३ प्रतिशतले वृद्धि भएको हो ।
उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६ रुपैयाँले वद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ५ सय ८१ रुपैयाँ कायम भएको छ ।
साताको चौथो कारोबार दिन कम्पनीको ५३ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार कम्पनीको आज ९ हजार १७९ कित्ता सेयर किनबेच भएको हो ।
वि.सं.२०७८ असोज २० बुधवार १६:३२ मा प्रकाशित