back
NMB ad

विकास निर्माण र कला संरक्षणमा उपभोक्ता जिम्मेवार हुनुपर्छ : ऊर्जामन्त्री भुसाल

Kumari bank ad

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकास निर्माण र कला संरक्षणमा नीति निर्मातामात्र नभइ उपभोक्ताहरू पनि जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

सामुदायिक विकास कोष समितिको सचिवालय ललितपुर मनपा–२२ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आफ्ना संस्कृति, पर्व एवं विकास निर्माण कार्यलाई उपभोक्तास्तरबाट पनि निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

आफू निरन्तर देशको विकास र जनताको सेवामा लाग्ने विश्वास दिलाउँदै मन्त्री भुसालले भन्नुभयो, ‘मैले मेरो तहबाट बजेट तथा योजनाका लागि पहल गर्छु । तपाईँ उपभोक्ताहरूले हरेक गतिविधिको नियमन गर्नुपर्छ ।’ आफूले पहल गरेर ल्याएको योजना कार्यान्वयनमा ढिलाइ भएकाले जनस्तरबाटै खबरदारी आवश्यकता औँल्याउँदै उहाँले भन्नभयो, ‘बुङ्मतिको मुख्य बाटोमा २५ करोडसम्म बजेट बिनियोजन भयो तर पूरा भएको छैन ।’

२०७२ सालमा भत्किएको रातो मच्छिन्द्रनाथको काम ढिलो भएको र उपभोक्ताकै कारण निर्माण कार्य अगाडि बढेको उल्लेख गर्दै स्थानीय उपभोक्ता नै आफ्नो क्षेत्रको संस्कृति संरक्षण र विकास निर्माणमा जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । आफ्ना आवश्यकता पहिचान गरेर ल्याउन आग्रह गर्दै मन्त्री भुसालले जनताका आवश्यकता पूरा गर्न आफू निरन्तर लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विभिन्न कालखण्डमा शुरु भएका चाडवर्षका ऐतिहासिक एवं सामाजिक महत्व रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘चाडपर्वका सांस्कृतिक एवं सांस्कृतिक पाटाहरू अत्यन्त राम्रा छन् । यस अर्थ चाडपर्वलाई निरन्तरता दिने र समयअनुसार परिमार्जन गर्ने नै आजको आवश्यकता हो ।’

देशको भुगोल र जनतामात्र नभइ त्यस देशको संस्कृतिक पहिचान र सामाजिक मूल्य मान्यता, कला, जनताका जीवन व्याबहार महत्वपूर्ण हुने उल्लेख गर्दै मन्त्री भुसालले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई एकताबद्ध गर्ने, सम्वन्धलाई सुदृढ गर्ने गर्ने महत्वपूर्ण चाडवाडका सबैको आ–आफ्नै महत्व भएको बताउनुभयो ।

कार्यक्रममा स्थानीय जनतप्रतिनिधि एवं सामाजिक व्यक्तिहरूले आसन्न राष्ट्रिय चाडहरू बिजया दशमी, तिहार, नेपाल सम्बत र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो ।

वि.सं.२०७८ असोज २४ आइतवार १०:०६ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...