back
NMB ad

नेपाली बजारमा याडियाको तीन इलेक्ट्रिक स्कुटर, कुनको कस्तो लोकप्रियता ? यस्तो छ फिचर र मूल्य

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा याडियाको तीन इलेक्ट्रिक स्कुटर उलपब्ध रहेका छ ।

नेपालका लागि आधिकारिक विक्रेता कुजु नेपालले याडियाको इलेक्ट्रिक स्कुटर उपलब्ध गराउँदै आएको छ ।

नेपालमा याडियाको जी ५, सी१ एस र एस–लाइक गरि तीन मोडेलमा उपलब्ध रहेको छ । यी तीन वटै स्कुटर आकर्षक डिजाईन र छुट्टाछुट्टै विशेषता रहको छ ।

कम्पनीका अनुसार विभिन्न मोडलमा उपलब्ध स्कुटरहरु एक पटकको फुल चार्जमा ८० किलोमिटर रेञ्जसम्म प्रदान गर्दछन् । यी तीन वटै स्कुटरलाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ ।

नेपालमा याडियाको जी फाइभको मूल्य ३ लाख ५० हजार रुपैयाँ, सी वान एस को ३ लाख ५० हजार र एस लाइकको २ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

याडियाका इलेक्ट्रिक स्कुटरको लोकप्रियता नेपाली बजारमा बढ्दो क्रममा छ । आज हामीले यी तीन स्कुटरको फिचर, मूल्य र लोकप्रियता बारे चर्चा गरेका छौ ।

जी ५ 

याडिया जी ५ को डिजाइन झट्ट हेर्दा पनि आकर्षक रहेको छ । यो स्कुटरमा जीटीआर ३.० ब्रोडव्यान्ड मोटर प्रयोग गरिएको छ ।

उक्त मोटरले अधिकतम २३०० वाट पावर प्रदान गर्छ भने यसको रेटेड पावर १२०० वाट रहेको छ । जी५ मा ६० भोल्ट, ३२ एम्पीयरको पानाशोनिक लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ ।

त्यस्तै यो मोटरले अधिकतम १२० एनएम टर्क जेनेरेट गर्छ । यो मोटर आइपी ५७ वाटरप्रुफ रेटेड रहेको छ । यो स्कुटरलाई ६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा चलाउन सकिने कुजु नेपालले जनाएको छ ।

यसालाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । एक पटकको फुल चार्जमा ८० किलोमिटर रेञ्ज प्रदान गर्छ ।

यो ब्याट्रीको लाइफ सर्कल ८०० र यसमा प्रयोग भएको व्याट्री माइनस २० देखी ५५ डिग्रिसेन्टीग्रेट तापक्रममा काम गर्न सक्छ । यसमा सर्ट सर्किट, ओभर करेन्ट प्रोटोक्सन र ओभर चार्ज प्रोटेक्सन फिचर रहेको छ ।

याडिया जि ५मा ७ इन्चको डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । यसको फ्रन्ट फर्क उच्च गुणस्तरको आल्मुनियमद्वारा निर्माण गरिएको छ ।

त्यस्तै १२ इन्चको ट्युवलेस टायर, दुबै चक्कामा डिस्क ब्रेक र सबै प्रकारका एलइडी प्रयोग गरिएको छ । यसमा २६ लिटरको स्टोरेज क्षमता पाउन सकिन्छ । कम्पनीले यसको मूल्य ३ लाख ३० हजार रुपैयाँ तोकेको छ । यो स्कुटर नेपाली बजार अत्याधिक रुचाईएको छ ।

सी १ एस

याडिया सी १ एसमा जीटीआर ३.० ब्रोडव्यान्ड मोटर प्रयोग भएको छ । उक्त मोटरले अधिकतम २२०० वाट पावर प्रदान गर्छ । यसको रेटेड पावर १८०० वाट रहेको छ ।

त्यस्तै यो मोटरले अधिकतम १३८ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरको टप स्पीड क्षमता ६० किलोमिटर प्रतिघन्टा रहेको छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ । यो व्याट्री माइनस २० देखी ५५ डिग्रिसेन्टीग्रेट तापक्रममा काम गर्न सक्छ । जसका कारण नेपाली बजारमा यसको लोकप्रियता बढ्दो क्रममा छ ।

यसमा सर्ट सर्किट प्रोटेक्सन, ओभर करेन्ट प्रोटेक्सन, ओभर चार्ज प्रोटेक्सन, ओभर डिस्र्चाज प्रोटेक्सन, प्रि डिस्र्चाज प्रोटेक्सन, सन्तुलित फक्शन, ओभर टेम्प्रेचर प्रोटेक्सन, राइडिङ मोडजस्ता फिचर रहेको छ ।

त्यस्तै यसमा स्मार्ट कि–लेस इन्टिग्रेटेड शोलुसन सिस्टम रहेको छ । यसमा १२ इन्चको ट्युवलेस टायर, दुबैतर्फ डिस्क ब्रेक, २५ लिटरको स्टोरेज क्षमता रहेको छ । यसको मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

एस–लाइक

यो नेपाली बजारमा अत्याधिक रुचाईएको स्कुटर हो । याडिया एस–लाइकमा पनि जीटीआर ३.० ब्रोडव्यान्ड मोटर प्रयोग गरिएको छ ।

उक्त मोटरले अधिकतम १२०० वाट पावर प्रदान गर्छ भने यसको रेटेड पावर २००० वाट रहेको छ ।यो मोटरले अधिकतम १२० एनएम टर्क जेनेरेट गर्छ । यो मोटर आइपी ५७ वाटरप्रुरुप रेटेड र टप स्पीड ५० किलोमिटर प्रतिघन्टा रहेको छ ।

यसमा ६० भोल्ट, २४ एम्पीयरको लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । यसमा डबल ब्याट्रीको सुबिधा समेत रहेको छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ ।

याडिया एस–लाइकमा ४.२ इन्जको डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । यसको फर्क उच्च गुणस्तरको आल्मुनियम द्धारा निर्माण गरिएको छ ।

त्यस्तै यसमा १२ इन्चको ट्युवलेस टायरको प्रयोग गरिएको छ भने यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक उपलब्ध छ ।

यसमा १८ लिटरको स्टोरेज क्षमता रहेको छ । यसको मूल्य २ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।

वि.सं.२०७८ असोज २४ आइतवार १७:५४ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...