back
NMB ad

नेप्सेले नासा, सुमेरु र त्रिशक्ति ब्रोकरलाई सोध्यो स्पष्टिकरण, के होला कारबाही ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ३ वटा ब्रोकर कम्पनीलाई विभिन्न विषयमा स्पष्टिकरण सोधेको छ । नेप्सेले नासा सेक्युरिटीज, सुमेरु सेक्युरिटीज र त्रिशक्ति सेक्युरिटीजलाई ७ दिने स्पष्टिकरण सोधेको छ ।

नेप्सेका अनुसार ग्राहक पहिचान फारमबाट ग्राहक विवरण टिएमएस मा प्रविष्ट गर्ने क्रममा सो कार्यमा संलmग्न कार्मचारीबाट मानविय त्रुटी हुनगई बाजेको नाम प्रविष्ट गर्नुपर्ने ठाँउमा भुलबस ग्राहकको आमाको नाम तथा जन्म मिति प्रबिष्ठ गर्दा अन्यथा हुन गएको तथा हाल त्रुटि थाहा हुने वित्तीकै सच्याएको व्यवहोरा पत्र प्राप्त भएको जनाएको छ ।

नासा सेक्युरिटीज कम्पनीले सो सम्बन्धमा गलत विवरण प्रविष्ठ गर्ने तथा सो सम्बधी स्पष्टिकरण सोधे पश्चात पूर्व जानकारी नगराई सच्याई धितोपत्र बजार सदस्य तथा कारोबार विनियमावली, २०५५ को विनियम १२ (१) (झ) मा उल्लेखित प्रावधान अनुसार सदस्यले गर्न नहुने भनि तोकेको कार्य गरी सोही विनियम बमोजिम झुठा विवरण नेप्सेको प्रणालीमा प्रविष्टि गरी कसुर गरेको हुदाँ सोही विनियमावलीको विनियम ७ (२) बमोजिम किन कारवाही नगर्ने ? सो को ७ दिन भित्र जवाफ आइपुग्ने गरी स्पष्टिकरण पेश गर्न भनेको छ ।

यस्तै नेप्सेले सुमेरु सेक्युरिटीजलाई पनि स्पष्टिकरण सोधेको छ । ग्राहकको विवरण फरक प्रविष्ट भएको र त्यसको विवरण रुजु नगरी प्रविष्ठ गरेको हुँदा धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम १२ (१) (झ) मा उल्लेखित प्रावधान अनुसार सदस्यले गर्न नहुने भनि तोकेको कार्य गरी सोही विनियम बमोजिम झुठा विवरण नेप्सेको प्रणालीमा प्रविष्टि गरी कसुर गरेको हुदाँ सोही विनियमावलीको विनियम (२) बमोजिम किन कारवाही नगर्ने ? भन्दै सात दिन भित्र स्पष्टिकरण पेश गर्न भनेको छ ।

नेप्सेले त्रिशक्ति सेक्युरिटीजलाई पनि सात दिने स्पष्टिकरण सोधेको छ । ग्राहकले व्यक्तिगत पहिचान विवरणबाट नेप्सेको टिएमएस मा प्रविष्टि गरेको र सदस्य दलालको युजरबाट उक्त विवरण प्रमाणित गर्ने क्रममा दृष्टिभ्रम हुन अभिलेख हुन गएको व्यहोराको पत्र प्राप्त हुँदा धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम १२ (१) (झ) मा उल्लेखित प्रावधान अनुसार सदस्यले गर्न नहुने भनि तोकेको कार्य गरी सोही विनियम बमोजिम झुठा विवरण नेप्सेको प्रणालीमा प्रविष्टि गरी कसुर गरेको हुदाँ सोही विनियमावलीको विनियम ७ (२) बमोजिम किन कारवाही नगर्ने ? भन्दै सात दिन भित्र जवाफ माग गरिएको छ ।

 

वि.सं.२०७८ असोज २५ सोमवार १३:५८ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...