back
NMB ad

दसैंमा पनि नियमित फोहोर संकलन हुने, घर बाहिर फोहोर ननिकाल्न महानगरको आग्रह !

Kumari bank ad

काठमाडौं । यस बर्ष दसैंका मुख्य दिनहरुमा फोहोर नियमित संकलन गरिने भएको छ ।

कर्मचारीलाई आलोपालो खटाएर, साँझ वा बिहानको समयमा फोहोर उठाउने वातावरण व्यवस्थापन विभागले योजना बनाएको छ । विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार संकलन, ढुवानी र अन्तिम व्यवस्थापनका लागि जनशक्ति खटाइएको छ ।

‘यो स्वच्छ पर्व मनाउने प्रयास हो । यसका लागि हरेक फोहोर उत्पादकले पनि सहयोग गर्नुपर्छ’ श्रेष्ठले भन्नुभयो ‘यस अवधिमा उद्योग÷व्यवसाय÷कार्यालय बन्द नै रहन्छन् । धेरै मानिस काठमाडौं बाहिर जाने भएकोले मात्रा त्यसै पनि घट्छ । काठमाडौंमा हुनेले कम फोहोर निकालिदिए पुग्छ । अहिले देवी शक्तिपीठसहित मानिसहरुको धेरै चहलपहल धेरै हुने ठाउँ बजार र मठ-मन्दिरमा सरसफाइ गर्ने, चोक, गल्ली र खुल्ला ठाउँमा पानी छर्किने, बढार्ने लगायतका काम भइरहेका छन् ।

महानगरको फोहोर संकलनमा साझेदारिता गर्दै आएका निजी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरु ल्याण्डफिल साइट सञ्चालन भए आफूहरुलाई नियमित काम गर्न कठिन नहुने बताउँछन् । वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालका अनुसार फोहोर उत्पादन गर्नेहरुले पनि जिम्मेवार भएर फोहोर व्यवस्थापनमा सहयोगी बन्नुपर्छ ।

दसैँ अवधिमध्ये फुलपाती र अष्टमीका दिन धेरै फोहोर उत्पादन हुन्छ । सहरमा उत्पादन भएको फोहोर महानगरले टेकु ट्रान्सफर स्टेशनमा जम्मा गरेर संकलित फोहोर सिसडोल ल्याण्डफिल साईटमा अन्तिम व्यवस्थापनको काम गर्दै आएको छ । उता निजी तथा गैरसरकारी संघसंस्थाले भने सहरका बिभिन्न ठाउँमा जम्मा गरेर ढुवानीको प्रबन्ध गर्दै आएका छन् ।

वि.सं.२०७८ असोज २६ मंगलवार १३:५८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...