back
NMB ad

दसैंमा घुम्ने गन्तव्य खोटाङ

Kumari bank ad

खोटाङ । दसैं र तिहारले पारिवारिक जमघट जुटाइरहेको छ । रोजगारी तथा अध्ययनका सिलसिलामा देशभित्रैको विभिन्न स्थानमा रहेका र परदेश रहेका आफन्तबीच चाडबाडले एकै स्थानमा ल्याइदिएको छ । यस्तो अवसरलाई अविश्मरणीय बनाउने सोचमा हुनुहुन्छ भने तपाईंलाई खोटाङका पर्यटकीय स्थलहरूले पर्खिरहेका छन् ।

अहिलेको मौसम सफा हुने भएकाले आफन्तसँग रमणीय स्थलमा घुमफिर गर्ने ‘कल्चर’ को विकास भइरहेको छ । दसैं र तिहारको समयमा घुमफिर गर्दै रमाईलो गर्न खोटाङमा पनि पर्याप्त पर्यटकीय स्थलहरू छन् । स्वच्छ हावापानी, नागबेली डाँडाकाँडा, हिमालका चुचुरा, लेकका नागी, प्राकृतिक गुफा, धार्मिक तथा साँस्कृतिक सम्पदाको दृश्यावलोकनका लागि खोटाङ अन्य जिल्लाभन्दा कम नरहेको साइकलयात्री कर्ण श्रेष्ठले बताए ।

आफन्तसँग बिताएको समयलाई सदुपयोग गर्न हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने त्रि–धार्मिक स्थल हलेसी, खोटाङको साकेला गाउँपालिका र भोजपुरको टेम्के मैयूँ गाउँपालिकाको बिचमा रहेको टेम्केडाँडा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोट डाँडा, केपिलासगढी गाउँपालिकाको केपिलासगढी, लौरेडाँडा, मैयूँ, चिलिमढुंगालगायतका रमणीयस्थलमा पुगेर रिफ्रेस बन्न सकिन्छ । यी धार्मिक तथा पर्यटकीयस्थलमा पुगेर टाढाटाढाका दृश्यावलोकनसँगै वन सम्पदा, जल सम्पदालगायत अवलोकन र अध्ययन गर्न सकिने श्रेष्ठ बताउँछन् । कतिपय अग्ला डाँडाबाट सगरमाथालगायतका हिमश्रृंखला तथा कतिपय डाँडाबाट तराईका फाँट समेत देख्न सकिन्छ ।

हलेसी तुवाचुङ नगरपालिकामै पर्ने किराँत समुदायको उद्गमस्थल तुवाचुङ जायजुम, हलेसीगढी, भुम्जुडाँडालगायतका धार्मिक तथा पर्यटकीय स्थलको घुमफिर गर्न सकिन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै मझुवागढी, भुलभुले दुधकुण्ड देउधाम, महुरेगढीको घुमफिर गर्न सकिन्छ । बराहपोखरी गाउँपालिकाको बराहपोखरी, जन्तेढुंगा गाउँपालिकाको जन्तेढुंगा, हुम्मा पोखरी, छोंखा साकेला थान, खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी, सोलढुंगा, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको धिप्लुङ झरना, ऐसेलुखर्क गाउँपालिकाको बाहाने पोखरी, रावाबेँसी गाउँपालिकाको रावागढीलगायतका चर्चित स्थलमा पुगेर रम्न सकिन्छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खार्मीमा स्थानीयले बताएको कांशाहोप तालमा समेत डुंगा सयर गरेर रमाइलो गर्न सकिन्छ । हलेसी तुवाचुङ नगरपालिकामै पर्ने रक गार्डेन पनि घुमफिरका लागि रोजाईको स्थलका रुपमा विकसित हुँदै छ । यसबाहेक जिल्लाका अन्य डाँडाकाँडा, भञ्ज्याङ, चौतारी, खोलानाला पुगेर पनि आफन्तसँग रमाइलो गर्न सकिन्छ ।

वि.सं.२०७८ असोज २६ मंगलवार १४:१९ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...