back
NMB ad

एएफसी यू-२३ छनोट खेल्ने खेलाडीले दशै बिदा नपाउने !

Kumari bank ad

काठमाडौं। अखिल नेपाल फुटलब संघ (एन्फा)ले एएफसी पुरुष एसियन कप छनोट खेल्ने राष्ट्रिय यू-२३ टोलीलाई दसैंमा बिदा नदिने भएको छ ।

आगामी ८ कार्त्तिकदेखि सुरु हुने एएफसी एसियन कप छनोट खेल्न ताजकिस्तान जाने टोलीलाई क्लोज क्याम्पबाट नछाड्ने एन्फाले निर्णय गरेको हो । हाल क्लोज क्याम्पका लागि एन्फाले खेलाडीलाई होटलमा राखेको छ । एन्फाले उपत्यकामै परिवार भएका खेलाडीको हकमा भने टीका दिनमात्रै परिवारलाई जिम्मा लगाएर छाड्ने बताइएको छ ।

 

‘टीकालगत्तै खेल्न जाने भएकाले खेलाडीको फिटनेशलाई मध्यनजर गर्दै यसपटक दसैंमा घर जान पाउने छैनन् । उपत्यकामा परिवारसँग रहेका खेलाडीको हकमा भने सोही दिनको लागि मात्रै पारिवारलाई जिम्मा लगाएर जान दिन्छौं ।’ यू-२३ राष्ट्रिय टोलीका व्यवस्थापन (म्यानेजर) उत्तम भण्डारीले भने ।

नेपाली टोली २ कार्त्तिकमा प्रतियोगिता खेल्न ताजकिस्तान प्रस्थान गर्नेछ ।

 

 

यसअघि १५ असोजमा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले विभागीय नेपाल पुलिस क्लबविरुद्ध मैत्रीपूर्ण खेल खेलाउँदै पहिलो चरणमा १० खेलाडीलाई बाहिर राख्दै ३२ खेलाडी छनोट गरेका थिए ।

उनले आइतबारमात्रै २३ सदस्यीय खेलाडी छनोट गरेका छन् । तर नाम भने सार्वजनिक गरेका छैनन् । केही खेलाडीको अझै फिटनेश समस्या र कतिको एमआरआईको समस्यासमेत देखिएकाले हाल नाम सार्वजनिक गरिएको छैन ।

हाल माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा यू-२३ टोलीबाट ७ खेलाडी रहेका छन् । मालेमासमेत ती खेलाडी प्लेईङ सेटमा खेलिरहेको र यदि चोट बोकेको अवस्थामा अन्य खेलाडीलाई झिकाउन पर्ने हुँदा अन्तिम २३ नाम सार्वजनिक नभएको स्रोतले बतायो ।

यसअघि प्रशिक्षक बालगोपालले उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका रेजिन सुब्बा, प्रिजेन तामाङ, दीपेश आले मगर, दिनेश हेम्जन, धीरज श्रेष्ठ, जया गुरुङलगायत खेलाडीलाई टोली बाहिर राखेका थिए ।

 

समूह ‘बी’ मा रहेको नेपालले बलियो इरान, लेभलान र ताजकिस्तानको सामना गर्नेछ । नेपालले पहिलो खेलमा २५ अक्टोबरमा इरान, यस्तै आयोजक ताजकिस्तानसँग २८ अक्टोबर तथा ३१ अक्टोबरमा लेभलानलाई चुनौती दिनेछ ।

प्रशिक्षक महर्जनले छनोट गरेको ३२ खेलाडीमा हाल साफ च्याम्पियनसिप खेलिरहेको टोलीबाट ७ खेलाडी रहेका छन् । यस्तै राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका १२ खेलाडी टोलीमा समावेश छन् ।

प्रशिक्षक बाल गोपालले बाहिर राखेका १० खेलाडी :

गोप्रशिक्षकलरक्षक –सूर्य अघिकारी

मिडफिल्डर – जया गुरुङ, दीपेश आले मगर, लखन लिम्बु, कुशल फुयाँल, सन्जिव विष्ट

स्ट्राइकर – प्रिजेन तामाङ, दीनेश हेम्जन, रेजिन सुब्बा, धीरज श्रेष्ठ,

नेपाली ३२ टोली :

गोलरक्षक– अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल, रोहित कार्की

डिफेण्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, अशिम भुसाल, रन्दीप पौडेल, विश्वास उदास, विशाल बस्नेत, रोमन लिम्बु, आदिल हमिद,
मिडफिल्डर – अशोक थापा, अनिल महर्जन, अभिषेक लिम्बु, शिब गुरुङ, नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, दिनेश गुरुङ, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक बिष्ट

स्ट्राइकर स् रितिक खड्का, मनिष डांगी, अभिषेक रिजाल, दर्शन गुरुङ, बुद्ध बल तामाङ,राजिब लोप्चान

वि.सं.२०७८ असोज २७ बुधवार ०७:५५ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...