back
NMB ad

बेमौसमी बर्षाले कैलालीको कृषिबालीमा मात्रै २ अर्ब बढीको नोक्सानी

Kumari bank ad

धनगढी । असोज २१ गतेदेखि परेको अविरल बर्षाका कारण कैलालीमा कृषिबालीमा मात्रै २ अर्ब रुपैयाँभन्दा बढीको क्षेति भएको अनुमान गरिएको छ ।

यस बर्ष कैलालीको ७० हजार हेक्टर जमीनमा धान खेती भएको थियो । तीन दिनसम्मको अविरल बर्षा र हावाहुरीका कारण त्यसमध्ये ३० प्रतिशत अर्थात २१ हजार हेक्टरमा लगाएको बाली नष्ट भएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।

‘२१ हजार हेक्टर जमीनबाट सरदर नौ लाख ५४ हजार क्विन्टल धान उत्पादन हुन सक्थ्यो,’ केन्द्रका प्रमुख खगेन्द्र शर्माले भन्नुभयो, ‘बर्षाले दुई अर्बभन्दा बढीको नोक्सानी भएको छ ।’ कैलालीमा गत बर्ष ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा तीन लाख १५ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।

केन्द्रका अनुसार कैलालीको दक्षिण पुर्वि क्षेत्रमा लगाएको धानवालीमा बढी क्षेति भएको छ । ‘बर्षा र हावाहुरीले जिल्लाभर नै क्षेति गरेको छ,’ शर्माले भने, ‘तर दक्षिण पूर्वि क्षेत्रमा बढी क्षेति भएको छ ।’

सुदूरपश्चिम प्रदेश सरकारले गत बर्ष कृषिबालीमा क्षेति भएको प्रति कठ्ठा २६६ रुपैयाँ ६७ पैसाका दरले क्षेतिपूर्ति दिने निर्णय गरेको थियो । त्यसका आधारमा कैलालीका किसानलाई क्षेति पूर्ति दिने हो भने करिब १६ करोड ८० लाख बजेट आवश्यक पर्ने देख्निछ ।

त्यसका लागि संघीय सरकारको सहयोग आवश्यक पर्ने ज्ञान केन्द्रका प्रमुख शर्मा बताउँछन् । तर किसानलाई नगद भन्दा गहुँ खेतीमा सहुलित बीउ, मल उपलब्ध गराए सजिलो हुने उनको भनाइ छ ।

वि.सं.२०७८ कात्तिक ३ बुधवार १४:३७ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...