back
NMB ad

मह जोडीसँग यसरी जोडिएका थिए किरण केसी

Kumari bank ad

काठमाडौं । मह जोडी भन्ने बित्तिकै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको नाम अगाडि आउँछ । मह सञ्चारबाट धेरै नै सिरियल बनेका छन् । हास्यकलाकारका लागि अभिभावकत्व निर्वाह गरेका छन्, मह जोडीले । मह जोडी सफल पनि छन् र यो सफलतामा जोडिएको अर्को एउटा नाम किरण केसी ।

राता मकैको उपनामले परिचित किरणले फिल्म र सिरियलमा मह जोडीसँग सहकार्य गर्दै आएका छन् । किरणको चिनजान हरिवंशसँग बाल्यकालदेखि नै थियो । तर, कामको सुरुवात भने पन्ध्र गते सिरियलमार्फत भएको थियो । त्यतिबेला मह जोडी सुरुवाती दिनमा थिए भने किरणले फाट्टफुट्ट अभिनयमा सौख राख्थे ।

‘हामीले टेलिफिल्म बनाउने भएपछि एउटा ट्याक्सी चाहियो र हामीसँग पैसा पनि थिएन । साथै, त्यो समयमा भाडामा गाडी पाउन पनि मुस्किल थियो’, हरिवंशले सुरुवाती दिनलाई सम्झिँदै एक अन्तवार्तामा भने, ‘किरणसँग ट्याक्सी छ भन्ने थाहा पाएपछि उसलाई बोलाएर अभिनय गराएका हौँ ।’

त्यसभन्दा अगाडि उक्त रोल अशोक शर्मालाई तय गरिएको थियो । हरिवंशले सुरुवाती दिनमा गरेको स्ट्रगलले नै अहिले सफलता दिएको बताए । त्यसो त हरिवंश अगाडि नै किरणले नाचघरमा मन्चन भएको एक नाटकमा मूख्य भूमिकासमेत निर्वाह गरिसकेका थिए ।

किरण यसलाई सहकार्यको संयोगको रूपमा लिन्छन् । ‘हाम्रो सहकार्य त्यसरी नै प्रारम्भ हुनु रैछ र भयो’, उनी भन्छन्, ‘यतिबेला हाम्रो सम्बन्ध सहकार्यसँगै पारिवारिक भइसकेको छ ।’

किरणले मह सञ्चारमार्फत बन्ने फिल्ममा सहकार्य गर्ने गरेका छन् । उनलाई फिल्मनगरीमा मह सञ्चारको ‘हनुमान’ पनि भन्ने गरिन्छ । महको काम गर्ने शैली अहिले पनि उस्तै चुस्त र दुरुस्त छ । पछिल्लो समय किरणले निर्माण गरेको फिल्म ’लक्का जवान’ प्रदर्शनको तयारीमा छ ।

वि.सं.२०७८ कात्तिक ४ बिहीवार १३:१७ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...