back
NMB ad

तीन दिनदेखि तुम्लिङ फसेका चार विदेशीको हेलिकोप्टरमार्फत उद्धार

Kumari bank ad

हुम्ला । हिमपातले तीन दिनदेखि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको तुम्लिङमा अलपत्र परेका चार विदेशीसहित तीनजना नेपाली नागरिक गरेर सातजनाको हेलिकोप्टरमार्फत उद्धार गरि सिमकोट ल्याइएको छ ।

हिमपातले वडा ६ लिमिको तुम्लिङमा अलपत्रमा परेर उद्धार गरिएका चारजना स्लोभिनियाका नागरिक रहेका हुन् भने तीनजना उनीहरूसँगै गएका नेपाली नागरिक ट्रेकिङगार्ड रहेका छन् । अलपत्रमा परि उद्धार हुनेमा स्लोभिनियाका बर्निक स्टोजन, ग्रोसोज बिक्टर,कोट्निक ल्भाम, लापन्जा कास्टेलिक दानीजेला रहेका हुन् ।

हिमपातले तीनदेखि लिमिको तुम्लिङमा अलपत्र परेका स्लोभिनिया तीन जना पुरुष र एक जना महिला तथा तीन जना नेपाली ट्रेकिङगार्डको एयर डाइनेष्टिक हेलिकोप्टरबाट उद्वार गरि सिमकोट ल्याएको छ ।

सदरमुकाम सिमकोटदेखि लिमितर्फ हिँडेको १३ दिन भएको र तीन दिनदेखि लिमिको तुम्लिङमा हिमपातले अलपत्र परेको ट्रेकिङगार्ड अशिम तामाङले बताए । लिमिको हल्जी गाउँमा गएर टेलिफोन गरि हेलिकोप्टर बोलाएको तामाङले बताए ।

उद्वार गरिएका चार जना स्लोभिनियाका नागरिक र तीन जना नेपाली रहेको सिमकोट विमानस्थलले जनाएको छ । यस्तै उनीहरूसँगै तुम्लिङमा फसेका अन्य ६ जना नेपाली नागरीहरू बिहीबारबाट मौसम सफा रहेकाले पैदल मार्ग भएर खच्चडसँग सिमकोट पुग्ने तामाङले जानकारी दिए । आइतरबार रातिदेखिको अवरल वर्षा र हिमपातले तीन दिनदेखि उनीहरु तुम्लिङमा फसेका थिए ।

वि.सं.२०७८ कात्तिक ४ बिहीवार १३:५७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...