back
NMB ad

बागमती प्रदेशका कानुन अब ‘बागमती कानून एप’ मा

Kumari bank ad

मकवानपुर । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘बागमती कानून एप’ निर्माण गरेको छ ।

बागमती प्रदेश सरकारले बनाएका सम्पुर्ण कानूनहरु एकिकृत रुपमा मोबाईल एप्लिकेसनको माध्यमबाट हेर्न, डाउनलोड गर्न र सामाजिक सञ्जालमा सेयर गर्न मिल्ने गरी एप सार्वजनिक गरेको हो । उक्त एपको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा. अजय क्रान्ती शाक्यले सार्वजनिक गर्नुभयो ।

मन्त्री शाक्यले एपले बागमती प्रदेश सरकारले तर्जुमा गरेका सम्पुर्ण कानूनहरु एकिकृत रुपमा मोबाईल एप्लिकेसनको माध्यमबाट हेर्न, डाउनलोड गर्न र सामाजिक सञ्जालमा सेयर गर्न सहज हुने बताउनुभयो । ‘यस्ता एपले सूचनाको सहज पहुँचलाई थप सहज हुन्छ,’ शाक्यले भन्नुभयो, ‘ यो डिजिटाइजेशनको समय हो । यो एप सार्वजनिक पनि त्यसैको अवधारण हो ।’

उहाँले सम्भवतः सात वटै प्रदेश मध्ये बागमती प्रदेश यस्तो एप सार्वजनिक गर्ने पहिलो प्रदेश भएको बताउनुभयो । ‘केही समय अघि बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने उद्देश्यले एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा ल्याएका थियौँ,’ मन्त्री शाक्यले भन्नुभयो, ‘बागमती प्रदेशले सूचना प्रविधिलाई आत्मसाथ गर्दै अघि बढिरहेको छ भन्ने यो एउटा सफल उदाहरण हो ।’

मन्त्री शाक्यले आफुले पद बहाली गरेको छोटो अवधिमै आफ्नो मन्त्रालयका बार्षिक योजनाहरु करीब–करीब सम्पन्न गरिसकेको समेत जानकारी दिनुभयो । आफूले डिजिटल बागमती प्रदेश बनाउन खोजेको र यसै सन्दर्भमा आफ्नो मन्त्रालय अन्तर्गत रहेका विषयलाई डिजिटलाईज्ड गर्ने क्रममा सेवाग्राहीहरुको हितमा ध्यान राखी यस प्रदेशमा बनेका कानूनहरु एप र वेभसाईडमार्फत हेर्नसकिने बनाएको पनि जानकारी दिनुभयो । ‘मन्त्रालयका सवै कर्मचारीहरुको सहयोग र क्रियाशीलताले गर्दा छोटो समयमा मन्त्रालयका अधिकांश कार्यक्रमहरु करीब–करीब समाप्त भइसकेका छन्,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव मदन भुजेलले मन्त्री शाक्यको तत्परता र कर्मचारीहरुको सिर्जनशील ईच्छाशक्तिले मन्त्रालयले यस प्रकारको उपलब्धिमुलक कार्यमा छोटो समयमै सफलता प्राप्त गर्न सकेको बताउनुभयो । बागमती कानून एपमा नेपालको संविधान, बागमती प्रदेश सरकारले तर्जुमा गरेका ऐन, नियमावली, अध्यादेश, गठन आदेश, निर्देशिका, कार्यविधि, प्रदेश राजपत्रहरु उपलब्ध हुनेछन् । एपमा पुराना कानुन, राजपत्रलगायत कानुनी समाचारहरूलाई समेत समावेश गरिएको छ । त्यसैगरी निर्माणको क्रममा रहेका कानूनहरुमा सर्वसाधारण जनताले आफ्ना राय, सल्लाह–सुझाव पनि व्यक्त गर्न सकिने व्यवस्था रहेको मन्त्रालयले जानकारी दिएको छ । एप सरकारी स्वामित्वमा रहने भएकोले गुगल प्लेस्टोर र एप्पल स्टोरमा केही समयमा आउने छ ।

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १५:१३ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...