back
NMB ad

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

Kumari bank ad

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न नहुँदा त्यसको फाईदा भारतलाई हुने देखिएको छ ।

भारतले लुम्बिनीबाट १३३ किलोमिटर दूरी कुशीनगरमा विमानस्थल बनाएपछि त्यसको असर नेपालमा पर्ने देखिएको हो । लुम्बिनी आउने तेस्रो मुलुकका धेरैजसो पर्यटक भारतीय बाटो हुँदै आउने गरेका छन् । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै बनेको भए उनीहरु सिधै लुम्बिनी आउँथे ।

पर्यटकहरुको सिधा आगमन नेपालमा रोक्नका लागि भारतले लुम्बिनीदेखि नजिकै अन्तर्राष्ट्रिय विमानस्थल बनाएर आफ्नो देशको पर्यटन प्रवद्र्धन गर्न खोजेको पर्यटन व्यवसायी सन्जय बजिमय बताउँछन् ।

भैरहवा विमानस्थल समयमै बनेको भए बुद्ध सर्किट घुम्न आउने पर्यटक पहिला लुम्बिनी आएर कुशीनगर जान सक्थे । यसले नेपाली टुर अपरेटर, होटलहरुले प्रत्यक्षरुपमा बढी फाइदा लिन सक्थे ।

चार वर्षअघि नै सम्पन्न गरिसक्नुपर्ने भनिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कहिलेबाट सञ्चालनमा आउँछ भन्ने अझै टुंगो छैन । सरकारी अधिकारीले काम ढिला हुनुमा कोभिडलाई कारण देखाएका छन् । लुम्बिनी घुम्न आउने पर्यटकलाई लक्षित गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बढाइएको हो ।

आर्थिक वर्ष २०७२-७३ मा सुरु गर्दा तीन वर्षभित्र सम्पन्न गर्ने भनिएको थियो । त्यो समय गुज्रिएर चार वर्षबितिसकेको छ । तर काम अझै सकिएको छैन । बजेटका कारण काम सुस्त भएको भने होइन ।

करिव ३१ अर्व लागेको यो आयोजना ढलाई हुनुमा कोभिड नै मुख्य कारण रहेको विमानस्थलका अधिकारीहरु बताउँछन् । विमानस्थल आयोजनाले करिव ९८ प्रतिशत भौतिक प्रगति भएको भनेको छ । तर विमानस्थल कहिलेबाट सञ्चालनमा आउँछ भन्ने कुराको टुंगो छैन । आयोजनाका प्रमुख प्रवेश अधिकारीले सम्झौता अनुसार विदेशबाट आउनुपर्ने निर्माण व्यवसायीहरु नआउँदा समय लागेको बताए ।

सञ्चालनपुर्व गरिने परीक्षण उडानको पनि टुंगो लागेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले क्यालिब्रेसन फ्लाइटको लागि भारतलाई औपचारिक आग्रह गरेको छ । भैरहवामा एयर थाईले क्यालिब्रेसन फ्लाइट गर्ने भनिए पनि भारतले सहमति नदिंदा परीक्षण उडान हुन सकेको छैन ।

नेपालमा विमानस्थल निर्माणमा ढिलाई हुनु र सीमा नजिकै ठूला विमानस्थल निर्माण हुनुले लुम्बिनीलाई असर गर्न सक्ने नेपाल टुर्स एण्ड ट्राभल एजेन्टका प्रवन्ध निर्देशक समेत रहेका बजिमयको तर्क छ ।

‘नेपालले विमानस्थल समयमै निर्माण गर्न नसक्नु र भारतले बौद्ध क्षेत्रमा धमाधम विमानस्थल बनाउनुले भारतलाई फाइदा पुग्ने देखिन्छ’ , उनले भने । श्रीलंकाको राजधानी कोलम्बोबाट एक सय ५० जना सन्त तथा प्रतिष्ठित व्यक्तिहरुलाई लिएर आएको जहाजलाई अवतरण गराएर कुशीनगर अन्र्ताष्ट्रिय विमानस्थलको उदघाटन गरिएको थियो ।

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...