back
NMB ad

छुट्ला है २० हजार कित्तासम्म भर्न पाइने नयाँ आईपीओ, नजिकियो आवेदन दिने अन्तिम मौका

Kumari bank ad

काठमाडौं । सामलिङ्ग पावर कम्पनीले ४ कात्तिकदेखि साधारण सेयर(आईपीओ) निष्काशन खुला गरेको छ ।

कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले निष्काशन गर्ने कुल सेयरमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी छ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गर्ने सो सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

उक्त सेयरमा सर्वसाधारणले कात्तिक ८ गते अर्थात भोलिसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा १८ कात्तिक सम्म आवेदन मिति बढ्ने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वि.सं.२०७८ कात्तिक ७ आइतवार १४:३१ मा प्रकाशित

You can share this post!

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...