back
NMB ad

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा संघीय सरकारले ८९ अर्ब ९४ करोड रुपैयाँ खर्च गरेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तामान आर्थिक तथा वित्तीय स्थितीको तथ्याङले यस्तो देखाएको हो ।

अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार २०७८ भदौ मसान्तसम्ममा चालु खर्च ५८ अर्ब ५९ करोड रुपैयाँ, पुँजीगत खर्च २ अर्ब ६१ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च २८ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।

उक्त अवधिमा सरकारको कर राजस्व १४८ अर्ब ५६ करोड रुपैयाँ र गैर कर राजस्व २० अर्ब २ करोड रुपैयाँ गरी कुल राजस्व १६८ अर्ब ५८ करोड (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) परिचालन भएको छ ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को भदौ महिनासम्ममा प्रदेश सरकारको स्रोत प्राप्ति २० अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।

यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र संघीय विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ११ अर्ब ४३ करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।

उक्त अवधिमा प्रदेश सरकारहरुले राजस्व र अन्य स्रोतबाट ९ अर्ब रुपैयाँ परिचालन गरेका छन्। यसैगरी, प्रदेश सरकारहरुको खर्च २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:१९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...