back
NMB ad

दुर्गमको जहाजको टिकटमा पावर

Kumari bank ad

जाजरकोट । पैसा तिरे पनि जहाज चढ्न ‘पावर’ लगाउनु पर्ने सकसबाट डोल्पा आवतजावत गर्ने यात्रु वर्षौदेखि मारमा छन् । ‘पावर’ हुने व्यक्ति सहजै जहाज चढ्न पाउने र नहुने हप्तौसम्म विमानस्थल धाएर फर्किनु पर्दा सर्वसाधारणका लागि डोल्पामा हवाइ उडान आकाशको फल जस्तो भएको छ ।

डोल्पासँग जोडिएको सडक मार्गमा दर्जनौं ठाउँमा पुल, पुलेसा नहुँदा यात्रा निकै झन्झटिलो हुन्छ । यही कारण सामान्य व्यक्तिले पनि हवाइ मार्ग रोज्ने गर्छन । तर टिकट पाउन ठूलै ‘पावर’ चाहिने हुँदा पीडा मात्रै हुने त्रिपुरासुन्दरी नगरपालिकाका विशाल उपाध्यायले बताए । जहाज चढ्न ठिक्क भएको बेला पावरवाला व्यक्ति आए सर्बसाधारणलाई टिकट थमाएर ती व्यक्तिलाई जहाजमा चढाउने गरेको उपाध्यायले बताए ।

टिकट वितरणमा कुनै ‘सिस्टम’ नभएकोले यस्तो समस्या आएको सर्बसाधारण बताउँछन् । से–फोक्सुण्डो घुम्न आउनेले जहाजका पुरै टिकट लिने गरेकोले पनि समस्या भएको समिट एयरले जनाएको छ । सबैभन्दा बढी डोल्पामा समिटले नै उडान भर्दै आएको छ ।

व्यवस्थित रुपमा टिकट बिक्री नहुँदा बिरामी तथा अशक्तरू बढी प्रभावित हुने गरेको जुफाल विमानस्थलमा कार्यरत एक सुरक्षाकर्मीले बताए । सिधैं सांसद, पालिकाका अध्यक्ष, मेयरका फोन आउँने गरेको एजेन्सी सन्चालकहरू बताउँछन् । उनीहरू भन्छन्, ‘ के गर्नु हाम्रो पनि व्यवसाय हो रु भनेको मान्नै पर्यो ।’
‘सुरक्षा जाच समेत हुँदैन

नेपालगन्ज र जुफाल दुबै स्थानबाट टिकट बिक्रीमा बदमासी हुने गरेको सरोकारवाला बताउँछन् । ‘चेकिङ’ विनै यात्रुहरू हुलेर यात्रा गराइने उनीहरूको भनाइ छ । त्रिपुरासुन्दरी नगरपालिका पहाडाका रणबहादुर पहाडीले पाँच दिन कुर्दासम्म पनि टिकट नपाएको बताए । उनले भने, ‘मसँगै आएको एक साथी मन्त्रीको मान्छे हुनु हुँदोरहेछ, जुफालबाट नेपालगन्ज उडिहाले । मेरो त कोही पनि थिएन, म स्थलमार्गबाट नेपालगन्ज गए ।’

‘आमाको उपचारका लागि जानु पर्ने भएर मैले लाखपटक आग्रह गर्दा पनि जहाजका मान्छेले सुनेनन्,’ उनले थपे । डोल्पादेखि जाजरकोट जाने सडक समेत धेरै स्थानमा भत्केका कारण धेरै दुःख पाउनु परेको पहाडी बताए ।

पहुँच हुनेले उधाँरोमा समेत जहाजबाट उड्ने गरेको डोल्पोबुद्ध गाउँपालिकाका छ्याङ्सी भोटले बताए । उपल्लो डोल्पा त झन केही कुराको पनि पहुँच छैन उनले भने,‘सडक छैन, बत्ती छैन र भनेको बेला फोन गर्न पाइदैन । लाखौ खर्च गरेर हेलिकोप्टर उडाएपछि मात्र ज्यान बच्छ ।’

प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले टिकट बिक्री अव्यवस्थित रहको स्वीकार गरे । सबैलाई बोलाएर बैठक राखि व्यवस्थित गराउन लागिरहेको उनको भनाइ छ । उनले भने, ‘जहाज मात्र होइन, गाडीमा समेत समस्या रहेछ, सबैलाई बोलाएर छलफल गर्छु, जनतालाई दुःख नदिने तरिकाले काम गर्दै छौं ।’
.

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १३:५९ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...