back
NMB ad

प्रहरीको हत्यामा संलग्न नौ जनालाई जन्मकैद

Kumari bank ad

धनगढी । ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालत कैलालीले नौ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

१ कात्तिक २०७७ मा धनगढी उप–महानगरपालिका–११ जुगेडास्थित अस्थाइ प्रहरी पोष्टमा कार्यरत प्रहरी निरीक्षक बिक र जवान साउदको मोहनाघाटमा हत्या भएको थियो । हत्या आरोपमा प्रहरीले ४ कात्तिकमा सात जना र त्यसपछि थप तीन जना गरी १० जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये केराउ व्यापारी तथा घटनाका मुख्य डिजाइनर भनिएका राजीव गुप्ता यसअघि धरौटीमा छुटेका थिए । उनले भने मंगलबार सफाइ पाएका छन् । पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका अन्य नौ जनालाई अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । मंगलबारको पेशीमा जिल्ला न्यायाधीश जयानन्द पनेरुको इजलासले नौ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

जन्मकैद सजाय पाउनेमा धनगढी उपमहानगरपालिका–१० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, २२ बर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, धनगढी–११ का २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् ।

१ कात्तिक ०७७ मा भारतबाट अवैध रुपमा केराउ नेपालतर्फ ल्याउने क्रममा नेपाल–भारत सीमाक्षेत्र मोहनाघाटमा प्रहरीले रोक्न खोजेपछि हत्या गरिएको पक्राउ परेका नौ जनाले स्वीकार गरिसकेका थिए ।
जिल्ला अदालत कैलालीले प्रहरी हत्यामा संलग्न आरोपमा पक्राउ परेका नौ जनालाई जन्मकैदको फैसला सुनाएकोमा प्रहरीले स्वागत गरेको छ । ‘अदालतको निर्णयपछि ड्युटीमा रहेका प्रहरीलाई हातपात गर्दा कानुनले छाड्दैन भन्ने सन्देश गएको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएस्पी प्रतिक विष्टले भने, ‘यसले प्रहरीको मनोबल बढेको छ ।’ उनले अदालतको फैसलापछि प्रहरीलाई काम गर्न सजिलो हुने बताए ।

 

वि.सं.२०७८ कात्तिक १० बुधवार १२:५७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...