back
NMB ad

बाल अस्पताल बनाउन काठमाडौँ महानगरको चार करोड सहयोग

Kumari bank ad

काठमाडौँ । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बालबालिकाको उपचारका लागि विशिष्टिकृत सेवा दिने उदेश्यका साथ विशेषज्ञसहितको आधुनिक अस्पताल निर्माणका लागि काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग गरेको छ ।

बुढानिलकण्ठमा निर्माण गर्ने उक्त अस्पतालका लागि काठमाडौँ महानगरपालिकाले चार करोड आर्थिक सहयोग गर्ने सम्झौता–पत्रमा हस्ताक्षर गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको उपस्थितिमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका तर्फबाट अध्यक्ष डाक्टर भगवान कोइरालाले सो सम्झौता–पत्रमा हस्ताक्षर गर्नुभयो ।

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले मुलुक संघीयतामा गैसकेको अवस्थामा स्वास्थ्य सेवाका लागि संघीय राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । ‘संघीय राजधानीबाट पाउने स्वास्थ्य सेवा अन्य प्रदेशबाट पनि प्राप्त गर्ने वातावरण निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारलाई स्वास्थ्य क्षेत्रमा लगानी गर्न आग्रह गर्छु,’ शाक्यले भन्नुभयो, ‘नीजि क्षेत्रले स्वास्थ्यमा लगानी गर्न चाहन्छ भने त्यसका लागि समेत उपयुक्त वातावरण निर्माण गरेर अबका दिनमा स्वास्थ्य सेवाका लागि नागरिकले संघीय राजधानी नै धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्छ ।’

प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको भन्दै चाइल्ड हेल्थ अस्पताल निर्माणका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । ‘विशेषज्ञहरुको समूले बालबालिकाको उपचारलाई केन्द्रित गरेर अस्पताल निर्माणको अभियान अघि बढाउनु भएको छ,’ शाक्यले भन्नुभयो, ‘सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा दिने गरी अघि बढ्नुहोला हामी सहयोगको हात अझै अघि बढाउन तयार छौँ ।’ प्रमुख शाक्यले अस्पतालबाट कोभिड संक्रमितले सहज रुपमा सेवा पाउन सकुन् भनेर कोभिडका बेला विभिन्न सरकारी र सामूदायिक अस्पताललाई आइसियु भेन्टीलेटर प्रदान गरेको पनि स्मरण गराउनुभयो ।

‘राजधानीवासीसहित ७७ वटै जिल्लाबाट कोभिड उपचारका लागि काठमाडौँ आएका विरामीले सुलभ सेवा पाउन सकुन भन्ने हेतूले हामीले सरकारी र सामुदायिक अस्पताललाई पीसीआर मेसिन, अस्पतालका बेडलगायत सामाग्री पनि दिएका छौँ,’ उहाँले भन्नुभयो, ‘कोभिड संक्रमणका बेला महानगरपालिकाले महानगरबासी मात्रै होइन देशबासीलाई बचाउनुपर्छ भनेर विभिन्न अस्पताललाई भेन्टिलेटरदेखि अन्य स्वास्थ्य सामग्री सहयोग गरेको हो ।’

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डाक्टर कोइरालाले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य र अलिक भिन्न तरिकाले बालबालिकाको सबै प्रकारका रोगको विशेषज्ञसहितको विशिष्टिकृत सेवा दिने उदेश्यले अस्पताल निर्माणको अभियानमा जुटेको बताउनुभयो ।

‘बालबालिकाका प्रत्येक रोगका बालरोग विज्ञहरुलाई एउटै छानमुनी राखेर काठमाडौँबाट सेवा दिने सामूहिक सपनालाई मूर्तरुप दिन हामीले यो अस्पताल निर्माणको अभियान अघि बढाएका हौँ,’ डाक्टर कोइरालाले भन्नुभयो, ‘हामीले प्रत्येक प्रदेशमा पनि विशेषज्ञसहितको सेवा दिने योजनासहित अस्पताल निर्माणको काम अघि बढाएका छौँ । त्यहि अभियान अन्तरर्गत प्रदेश एकबाट हामी छिट्टै सेवा सुरु गर्ने तयारीमा छौँ ।’

उहाँले काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगले काठमाडौँबाट एउटै छनामुनीबाट विशिष्टिकृत सेवा दिने अभियानलाई मूर्तरुप प्रदान गरेको बताउनुभयो । ‘काठमाडौँमा हामीले २ सय बेडको अस्पताल निर्माणको तयारी गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाले गरेको सहयोग हाम्रो अभियानकालागि कोशेढुंगा बनेको छ । अब अस्पताल निर्माणको काम दू्रत गतिका साथ अघि बढ्छ ।’ उहाँले राज्यको आवश्यकता र दायित्व पूरा गर्ने उदेश्यका साथ अघि बढेको पनि स्मरण गराउनुभयो ।

वि.सं.२०७८ कात्तिक ११ बिहीवार ०७:५१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...