back
NMB ad

प्रशान्त महासागरमा अमेरिकी बन्दरगाह ध्वस्त पार्न यस्तो छ चीनको रणनीति

Kumari bank ad

एजेन्सी । चीनले पहिलो पटक समुद्रभित्र बिस्फोटक परीक्षण गरेको छ । अमेरिकासँग वास्तविक युद्ध भएमा उसको बन्दरगाह ध्वस्त पार्न यस्तो परीक्षण गरिएको बेइजिङले जनाएको छ । परीक्षण गरिएको पछिल्लो प्रविधिप्रति वासिंगटनले चासो देखाएको छ ।

यसअघि चीनले शत्रु मुलुकको लडाकू विमान ध्वस्त पार्ने रकेट र आवाजभन्दा चाँडो पुग्ने स्याटलाईट परीक्षण गरेको थियो ।

एउटा नक्कली बन्दरगाहलाई निशाना बनाएर समुद्रभित्र गरिएको परीक्षणमा ठूलो बिस्फोट भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

प्रशान्त महासागरमा अमेरिकी गतिविधिलाई निशाना बनाउन तथा शत्रुको सम्भाव्य हमलाबाट हुने क्षति न्यून गर्न पछिल्लो परीक्षण गरिएको सो पत्रिकाले जनाएको छ । यस्तो हमलाले शत्रुको विमानलाई समुद्रमा तैरिरहन जोगाउने उपकरणलाई क्षति पुर्‍याउने चीनको दाबी छ ।

‘बन्दरगाहमा आक्रमणसँगै शत्रुको उपकरण कमजोर बनाउने र लडाकु फौजलाई तितरबितर बनाउनेछ,’ चीनका एक सैन्य विज्ञले भने ।

तर, चीनले परीक्षण गरेको सो प्रविधि अन्य स्याटलाइट कब्जा गर्न पनि प्रयोग हुने अमेरिकाको भनाई छ । बेइजिङले जुलाई र अगस्टमा पनि आणविकयुक्त हतियार परीक्षण गरेको थियो । गुप्तचर स्रोतको चुहावटपछि मात्र यसै साता त्यसको खुलासा भएको थियो ।

यसअघि चीनले परीक्षण गरेको उपकरणले तीब्र गतिमा पृथ्वीको परिक्रमा गरि मार हान्न सक्ने जनाइएको थियो । सो उपकरणलाई शत्रुको रक्षा प्रणाली ध्वस्त पार्ने सोभियत युनियनकालीन समयका आणविक प्रणाली एफओबीएससँग तुलना गरिएको छ ।

परीक्षण स्वीकार गरे पनि त्यसमा आणविक हतियार जडान नगरिएको बेइजिङले जनाएको छ । एक साताअघि राष्ट्रपति सी जिनपिङले हतियार विकासमा नयाँ आधार तोडेर विश्वकै एक नम्बरको सेना बनाउन चिनियाँ वैज्ञानिकहरुलाई निर्देशन दिएका थिए ।

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १२:५२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...