back
NMB ad

डिप्रोक्सको नाफामा गिरावट, प्रतिसेयर आम्दानी पनि घट्यो

Kumari bank ad

काठमाठौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको वित्तीय विवरणअनुसार सो अवधिमा लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको देखिन्छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानीमा पनि सामान्य गिरावट आएको छ । खुद ब्याज आम्दानी एक दशमलव २० प्रतिशतले घटेर ३५ करोड ९१ लाख ४० हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले ३६ करोड ३५ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि खस्केको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७८ रुपैयाँ ८१ पैसाबाट २८ रुपैयाँ ७७ पैसा घटेर ५० रुपैयाँ ४ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, लघुवित्तको मूल्य आम्दानी अनुपात २५ दशमलव ७२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ३२ पैसा छ।

डिप्रोक्सले यो वर्ष २३ करोड २ लाख २८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । यो वर्ष संस्थाले प्रोभिजनमा कम रकम छुट्याएकाले सञ्चालन नाफा बढेको हो । गत वर्ष यसै अवधिमा एक अर्ब १० करोड ९१ लाख ५६ हजार रुपैयाँ सञ्चालन नाफा नोक्सानमा रहेको थियो । गत वर्ष एक अर्ब ३७ करोड २६ लाख १४ हजार रुपैयाँ छुट्याएको प्रोभिजनमा यो वर्ष एक करोड ८५ लाख १७ हजार रुपैयाँ छुट्याएको छ ।

 

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार ११:३१ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:४९

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको...

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

वि.सं.२०८१ जेठ १४ सोमवार १४:३९

खोटाङ, १४ जेठ : जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५...

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु   

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:१५

काठमाडौँ, १४ जेठ : सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा...

बागमती प्रदेशः मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत   

बागमती प्रदेशः मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:०५

मनहरी (मकवानपुर), १४ जेठः आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्...

थप ६८ लाख ४२ हजार सेयर नेप्सेमा सूचिकृत

थप ६८ लाख ४२ हजार सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ १४ सोमवार १३:५२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार थप एक कम्पनीको...