काठमाडौं । ज्योति विकास बैंकमा रोजगारीको अवसर सृजना भएको छ । बैंकले कम्पनी सेक्रेटरी पदमा कर्मचारी माग गरेको हो ।
उक्त पदका लागि प्रतिष्ठित मान्यता प्राप्त संस्थाबाट कानुनमा स्नातकोत्तर उत्र्तीण वा सो सरहको शैक्षिक योग्यता चाहिने छ ।
प्रतिष्ठित संस्थाबाट सेक्रेटरी कोर्ष गरेकालाई थप प्राथमिकता दिइने बैंकले जनाएको छ । उक्त पदका लागि कम्तीमा ५ वर्षको बंैकिङ अनुभव भएको उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।
उक्त पदका लागि इच्छुक योग्य उम्मेदवारहरुले कात्तिक २६ गतेसम्म आवश्यक तोकिएको कागजातसहित आवेदन दिन सक्नेछन् ।
आवेदनका लागि बैंकको वेवसाइट https://jbbl.com.np/career/ बाट पनि सकिनेछ ।
वि.सं.२०७८ कात्तिक १२ शुक्रवार ११:३९ मा प्रकाशित