back
NMB ad

सकियो सनराइज क्यापिटलको साधारणसभा, ४० प्रतिशत नगद लाभांश पारित

Kumari bank ad

काठमाडौं । सनराइज क्यापिटलको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ४० प्रतिशत (कर सहित) हुन आउने ८ करोड नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

सभाले सामान्य आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण पारित गरेको छ ।

नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको कम्पनीले हाल सेयर रजिष्ट्रार, सेयर अन्डरराइटिङ्ग, म्युचुअल फण्ड व्यवस्थापन, लगानी व्यवस्थापन तथा कर्पोरेट एडभाईजरीको काम गरिरहेको छ ।

क्यापिटलले हाल सनराइज म्युचुअल फण्ड अन्तर्गत सनराइज फर्स्ट म्युुचुअल फण्ड तथा सनराइज  ब्लुचिप फण्ड योजनाहरु संचालन गर्दै आईरहेकोे छ ।

सनराइज फर्स्ट म्युुचुअल फण्ड योजनाले आव २०७७/७८ को मुनाफाबाट इकाईधनीहरुलाई ५० प्रतिशत (कर सहित) प्रतिफल वितरण गरिसकेको छ ।

साथै निकट भविष्यमा यस कम्पनीले सनराइज फोकस्ड इक्विटि फण्ड नामको तेस्रो सामूहिक लगानी कोष योजना संचालन गर्ने प्रक्रियामा रहेको छ ।

यस संस्थाले आगामि वर्षहरुमा मर्चेन्ट बैकिङ्ग सम्बन्धि सम्पूर्ण सेवाहरु सर्वसुलभ तथा गुणस्तरिय ढंगले प्रदान गर्ने मुख्य उद्देश्यलाई रणनितिक रुपमा अगाडि बढाउंदै लगिने छ ।

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार १७:०७ मा प्रकाशित

You can share this post!

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...