back
NMB ad

विदेशी स्याउको कब्जामा नेपाली बजार: स्थानीय उत्पादनले पाउँदैन मूल्य, एक महिनामै ६१% ले बढ्यो आयात

Kumari bank ad

बसन्त रुपाखेती

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ असोज मसान्तसम्म २ अर्ब बढीको स्याउ आयात भएको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोज मसान्तसम्म २ अर्ब ६ करोड ५९ लाख ६१ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको हो ।

चालु आवको भदौ मसान्त र असोज मसान्त (एक महिना)मा स्याउ आयात ६१.४३ प्रतिशत बढेको छ । नेपालमा नै उत्पादन भएको स्याउको ढुवानी र बजार सुनिश्चित हुन नसक्दा आयात वृद्धि भएको हो ।

नेपालमा छिमेकी दुई मुलुक भारत र चीन, टर्की र गिनी बिसाउ देशबाट स्याउ आयात हुने गरेको विभागले जनाएको छ । नेपाली अर्गानिक स्याउको ब्राण्डिङको अभावमा विदेशी स्याउ आयात बढेको बताइएको छ ।

असोज मसान्तसम्म नेपाल २६ हजार ६४२ टन बढी स्याउ आयात भएको विभागले जनाएको छ । स्याउ आयातबाट सरकारले १९ करोड ६४ लाख ८० हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

चालु आवको तीन महिनमा सबैभन्दा बढी स्याउ चीनबाट आयात भएको छ । उक्त देशबाट असोज मसान्तसम्म १ अर्ब ३० करोड ९४ लाख ८५ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको हो । चीनबाट १५ हजार २६६ टन स्याउ नेपाल भित्रिएको हो ।

विभागका अनुसार असोज मसान्तसम्म भारतबाट ७५ करोड ३६ लाख ९० हजार रुपैयाँ बराबरको ११ हजार ३३१ टन बढी स्याउ आयात भएको हो ।

यस्तै, उक्त अवधिमा टर्कीबाट २६ लाख २५ हजार रुपैयाँ बराबरको ४१ हजार ७६० केजी र गिनी विसाउबाट १ लाख ६१ हजार रुपैयाँ बराबरको ताजा स्याउ आयात भएको छ ।

नेपालमा उत्पादन हुने गरेको स्याउनको राम्रो ग्रेडिङ हुन नसक्नु र ढुवानीमा हुने कठिनाइका कारण पनि नेपाली उत्पादनले बजार नपाउने, किसानको लगानी नउठ्ने तर आयात भने प्रशस्त हुने गरेको छ ।

नेपालमै उत्पादित स्याउको बजार व्यवस्थापनमा ध्यान दिन सकेमा स्वदेशमै रोजगारी सृजना, आयआर्जन वृद्धि र आयात प्रतिस्थापन गर्न सकिने जानकारहरुको भनाई छ ।

यसले अर्थतन्त्रमा समेत धेरै ठेवा पुग्ने देखिन्छ । नेपाली उत्पादनलाई पूर्ण प्रयोगमा ल्याउन नसक्दा स्याउ आयातकै नाममा नेपालबाट वर्षेनी अर्बौ रकम विदेशीने गरेको छ । नेपालमा मुस्ताङ, जुम्ला लगायतका जिल्लामा स्याउ उत्पादन हुने गरेको छ ।

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार १७:२७ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

वि.सं.२०८१ जेठ १३ आइतवार १७:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई...

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

वि.सं.२०८१ जेठ १३ आइतवार १७:०४

काठमाडौँ, १३ जेठ : नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण...

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:३०

काठमाडौँ, १३ जेठ : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक...

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:२३

काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका...

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१८

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...