back
NMB ad

फेसबुकले नाम परिवर्तन गरेपछि ट्विटरमा यस्तो मजाक

Kumari bank ad

एजेन्सी । फेसबुकले कम्पनीको नाम परिवर्तन गरेपछि सामाजिक सञ्जालका प्रयोगकर्ताले व्यंग्य गर्न थालेका छन् । कम्पनीले नाम परिवर्तन गरेर मेटा राखेपछि ट्विटर प्रयोगकर्ताले मजाक गरेका छन् ।

एक प्रयोगकर्ताले नयाँ नाम लागूऔषध जस्तो लागेको प्रतिकृया दिएका छन् । ‘तपाई मेटामा हुनुहुन्छ भनेर कसैलाई कसरी भन्न सक्नुहुन्छ ? मेटाको आवाज नै लागूऔषध जस्तो छ,’ केयर अवेर अकाउन्टमा फ्रान्सिन जिविट लेख्छन् ।

नयाँ नाम जोकजस्तै सुनिएको केही प्रयोगकर्ताको प्रतिकृया छ । कम्पनीले फेसबुकको नाम रिब्रान्ड गरेको देख्दा आफूलाई दिक्क लागेको उनीहरुको भनाई छ । ‘फेसबुकले किन मेटा नाम राख्यो ? सायद कुनै जोश नभएर होला ?’ मेक्सगफ नामका ट्विटर प्रयोगकर्ता टिप्पणी गर्छन् ।

फेसबुकले नाम परिवर्तनबारे ट्विटरमा गरिएको बहस आफैमा मेटा भएको केहीले व्यंग्य गरेका छन् । जोन रस लेख्छन्, ‘फेसबुकमा पोस्ट गरिएका हरेक बिषय आफैमा मेटा हुन् । ’

इजरायल र प्यालेस्टायनमा हेब्रु समुदायले मेटाको अर्थ मृत भन्ने बुझिन्छ । फेसबुकले नाम परिवर्तन गरेपछि एउटा चिहानको तस्विर सामाजिक सञ्जालमा सेयर गरिएको थियो ।

नाम परिवर्तनप्रति धेरैले असन्तुष्टि देखाएका छन् । एक प्रयोगकर्ताले एनबीए खेलाडी मेटा वल्र्ड पिसको तस्बिर पोस्ट गर्दै अगाडि लेखेका छन्, ‘हामीलाई थाहा भएको मेटा यही हो ।’

म्याट ओस्वाल्ट अगाडि लेख्छन्, ‘मेटा भनेको मैले विद्यालय पढ्दा मलाई असाध्यै मन पर्ने केटीको नाम हो । धेरै समयपछि उनले खोपबिरोधी लिंक पोस्ट गरेको देखे ।’

वि.सं.२०७८ कात्तिक १४ आइतवार ११:४३ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...