back
NMB ad

कोरोनाले रोकिएको नेपाल–भारत मैत्री बस सेवा पुनः सुचारू

Kumari bank ad

नेपालगञ्ज । दुई वर्षदेखि रोकिएको नेपाल–भारत मैत्री बस सेवा आज (आइतवार)बाट पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीपछि रोकिएको बस सेवा कोरोना संक्रमण दर क्रमशः घट्दै गएकाले नेपालगञ्जबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनउ र हरिद्वारका लागि पुनः सुरु हुने भएको हो ।

भेरी यातायात प्रालिले नेपाली नम्बरको बस नेपालगञ्जबाट दिल्ली, लखनउ र हरिद्वारका लागि पुनः सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष राजेन्द्र गिरिले जनाकारी दिए । दुईवर्ष अघि सञ्चालनमा ल्याएको सो बस सेवा बन्द गर्नु पर्दा व्यवसायीलाई ठूलो नोक्सानी भएको उनले बताए । उनले यसबीचमा टुर्स ट्राभल्सका नाममा टिकट काटेर नेपालीलाई अलपत्र पार्ने गिरोहका कारण भारतका विभिन्न सहर जाने यात्रीलाई मैत्री बसले भरपर्दो र सुरक्षित सेवा दिने दाबी गरे ।

कोरोना संक्रमण घट्दै गएर अवस्था सामान्य बन्दै गएपछि फेरि सो बस सेवा सुरु गर्न लागिएको उनले बताए । अध्यक्ष गिरीका अनुसार लखनउका लागि हरेक दिन ८ बजे नेपालगञ्जबाट बस छुट्ने र लखनउबाट नेपालगञ्जका लागि राती ८ बजे छुट्ने छ । यसैगरि दिल्लीका लागि साँझ ५ बजे नेपालगञ्जबाट छुट्ने र दिल्लीबाट नेपालगञ्जका लागि पनि साँझ ५ बजे नै बस छुट्ने छ ।

यस्तै, हरिद्वारका लागि नेपालगञ्जबाट राती ८ बजे बस छुट्ने र हरिद्धारबाट नेपालगञ्जका लागि अपरान्ह ४ बजे बस छुट्ने छ । लामो समयदेखि रोकिएको सो बस सेवा फेरि सुचारु भएपछि दिल्ली, लखनउ र हरिद्वार जाने नेपालीलाई सहज हुने भएको छ ।

वि.सं.२०७८ कात्तिक १४ आइतवार १२:१० मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...