back
NMB ad

शम्भु थापाको आक्रोश : प्रतिकार गर्ने नाउमा कालो कोट र पैसा बाँडियो, प्रधानन्यायाधीशलाई त्यो पदमा बस्न दिन्नौं

Kumari bank ad

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा न्यायालय हाँक्न असक्षम रहेको बताएका छन् ।

आफूहरुले संवैधानिक प्रक्रियाअनुसार प्रधानन्यायाधीश असक्षम छन् भनेरै राजीनामा मागेको उल्लेख गर्दै थापाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बताए । नेपाल बार फर्किँदैन । उहाँ अब कति बस्नुहुन्छ, एक वर्ष? कार्यकालभरी आन्दोलन गर्छौं । हामी छोड्दैनौं, सर्वोच्च अदालत परिसरमा बारको कालोपट्टी विरोध कार्यक्रममा उनले भने ।

राजीनामा नदिए महाभियोग लगाउनुपर्ने भन्दै थापाले राजनीतिक दलहरु अहिले परीक्षामा रहेको बताए ।

इजलासमा बस्दिन भनेर घोषणा गरिसकेपछि इजलास चलाउन नसक्ने यी प्रधानन्यायाधीशलाई हामीले प्रधानन्यायाधीश मानिराख्नुपर्ने अवस्था छैन, उनले भने, जति सेवाग्रही मारमा छन्, त्यति नै हामी पनि मारमा छौं ।

थापाले बारको आन्दोलन विथोल्न गोप्य रुपमा कालो कोट र पैसा बाँडिएको आरोप लगाउँदै सार्वजनिक रुपमा बाहिर आएका प्रधानन्यायाधीशलाई पद बस्न नदिने चेतावनी दिए ।

अदालतभन्दा पनि बार ठूलो । न्यायालयको संरक्षण गर्न बारले राजीनामा मागिसक्यो भने तपाई को हो राजीनामा नदिने रुु थापाले प्रश्न गरे, प्रतिकार गर्ने नाउमा कालो कोट बाँडिएको छ । पैसा बाँडिएको छ । पत्रकारलाई अन्य प्रकारले लोभ लालचमा फसाउन खोजिएको छ । कार्यक्रम गर्न खोजिएको छ भन्ने कुरा वस्तुनिष्ठ थाहा पायौं भने तपाईलाई त्यो पदमा बस्न दिन्नौ भन्ने घोषणा गर्छौं । हाम्रो विनम्र अनुरोध छ, यसमा यो त्यो गरेर नखेल्नुस् ।

थापाले प्रशासनका मुख्य रजिष्ट्रार लगायत रजिष्ट्रार र अरु कर्मचारीलाई पनि प्रधानन्यायाधीशविरुद्ध एक हुन आग्रह गरे ।

आफूहरुले संवैधानिक प्रक्रियाअनुसार प्रधानन्यायाधीश असक्षम छन्, राजीनामा दिनुपर्‍यो भनेको उल्लेख गर्दै थापाले थपे, अब उनले म मा के के असक्षमता छन् सुनुवाइ गरौ भन्नुहुन्छ भने पूर्वन्यायाधीश, उहाँले छानेका न्यायाधीशहरु राखेर इजलास राखौ । उहातिर हामी एकतिर तयार छौं ।

वि.सं.२०७८ कात्तिक १४ आइतवार १३:४४ मा प्रकाशित

You can share this post!

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१२

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष...