back
NMB ad

२०१ प्रतिशतले बढ्यो सिभिल बैंकको नाफा: वितरणयोग्य नाफा ६० करोड बढी, यस्ता छन् अन्य सूचक

Kumari bank ad

काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्ष २०७८÷७९ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २९ करोड१८ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन गत वर्षको सोही अवधिमा २०१.८७ प्रतिशतले बढी हो । गत वर्षको उक्त अवधिमा बैंकले ९ करोड ६६ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा बैंकले ९० करोड ६९ लाख ४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत वर्षको असोज मसान्तको तुलनामा ८०.५२ प्रतिशतले बढी हो ।

गत वर्षको सोही अवधिमा बैंकले ५० करोड २३ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको चुक्ता पुँजी ८ अर्ब ६४ करोड ३६ लाख ६१ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा १ अर्ब ५२ करोड २० लाख १४ हजार रुपैयाँ राखेको छ ।

बैंकको वितरणयोग्य नाफा ६० करोड २८ लाख ४६ हजार रुपैयाँ रहेको छ । बैंकले खराब कर्जा पनि घटाएको छ ।

गत वर्षको असोज मसान्तमा १.५० प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा आईपुग्दा घटेर ०.९९ प्रतिशत कायम भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी १३.५१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२६.८८ रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ कात्तिक १५ सोमवार १३:०८ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...