काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट (एचआईडीसीएल)कम्पनीले लाभांश घोषणा गरेको छ ।
कम्पनीको कात्तिक १५ गते बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई ८.४२१ प्रतिशत लाभांश दिने भएको हो ।
सेयरधनीहरुलाई कम्पनीले ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
उक्त लाभांश नेपाल सरकारको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात वितरण हुनेछ ।
वि.सं.२०७८ कात्तिक १६ मंगलवार १०:४५ मा प्रकाशित