back
NMB ad

प्राधिकरणको नाममा कार्यकता पोषणः डा. महत

Kumari bank ad

भक्तपुर । नेपाली काँग्रेसका नेता डा. प्रकाश शरण महतले वर्तमान सरकारले भुकम्प पिडितका नाममा राहत उपलब्ध गराउने भन्दा पनि कार्यकता पोषण गरेको आरोप लगाउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उहाँले प्राधिकरणले कुनै काम नगरेको र सरकारले आफ्ना कार्यकर्ता भरण पोषणमा लागेको आरोप लगाउँदै भुकम्प पिडितका सवालमा प्रधानमन्त्रीले जेष्ठसम्म छानो उपलब्ध गराउने भनाई उखान टुक्का र मनोरञ्जनमै सिमित बनेको बताउनु भयो ।
उहाँले सरकारले भुकम्प पिडितका हकमा जति सक्दो छिटो बासको बन्दोबस्ती गर्ने प्रतिबद्धता संसदमा पेश गर्दैन तवसम्म नेपाली काँग्रेसले संसद अबरुद्ध गर्दै पिडितका पक्षमा उभिने बताउनु भयो ।
महतले प्राधिकरणको बिधानमै अध्यक्ष प्रधानमन्त्री र उपाध्यक्षमा प्रमुख प्रतिपक्ष रहने भएता पनि हाल सम्म कुनै बैठकको आह्रवान नगरेको भन्दै काँग्रेसको बिरोध पश्चात पहिलो बैठकको आह्रवान गरेको बताउनु भयो ।
प्रचन्डले नेपाली काँग्रेसलाई समर्थन गर्ने जनाएता पनि पछि आएर परिवर्तन भएकै कारण तत्काल सरकार परिवर्तन नभएको भन्दै हाल सम्म नेपाली काँग्रेसँग बहुमत नभएकै कारण वर्तमान सरकार टिकेको बताउनु भयो ।
सरकार कुटनीतिक पक्षमा पूर्णरुपमा असफल रहेको वर्तमान सरकारको काम र ब्यवहार हेरे पुग्ने भन्दै उहाँले वर्तमान सरकारको नेतृत्वले काम भन्दा पनि नेपालीलाई मनोरञ्जन प्रदान गरेको आरोप लगाउनु भयो ।
नेपाली काँग्रेसमा पछिल्लो समय गट उप गुटको राजनीति मौलाएको बिषय हल्ला मात्र भएको उहाँको भनाई छ । राजनीतिक पार्टीमा हुने छलफललाई जसरी सञ्चार माध्यमले सम्प्रेषण गरेका छन् त्यो भन्दा पनि पहिलो प्राथामिकता को बिषय पुर्ननिमाणको काम भएकाले काँग्रेस त्यस तर्फ केन्द्रित बनेको उहाँले बताउनु भयो ।
  प्रकाशितः २०७३ असार ११

वि.सं.२०७३ असार ११ शनिवार १२:३६ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...