back
NMB ad

किन्ने होइन त सुन ? प्रतितोला ४ हजार ४ सय रुपैयाँले घट्यो !

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा छापावाला सुनको मूल्यमा भारी गिरावट आएको छ । एक वर्षको अवधिमा सुनको मूल्य साढे ४ हजार रुपैयाँले घटेको हो ।

गत वर्षको कात्तिक १८ गते र यस वर्षको सोही दिनको तुलनमा छापावाला सुनको मूल्य प्रतितोला ४ हजार ४ सय रुपैयाँले घटेको छ ।

गत वर्षको कात्तिक १८ गते नेपाली बजारमा प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कारोबार भएको सुन यस वर्षको सोही अवधिमा भने घटेर ९१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन मूल्य ९० हजार ५ सय रुपैयाँ कायम भएको छ । जुन गत वर्षको कात्तिक १८ गते ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, उक्त अवधिमा चाँदीको मूल्यमा भने १५ रुपैयाँको बढोत्तरी देखिएको छ । गत वर्षको कात्तिक १८ गते प्रतितोला १ हजार २१० रुपैयाँमा काराबोर चाँदी यस वर्षको सोही दिन भने १ हजार २२५ रुपैयाँ पुगेको छ ।

वि.सं.२०७८ कात्तिक १८ बिहीवार १३:२८ मा प्रकाशित

You can share this post!

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:४७

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा...

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:३०

वीरगञ्ज (पर्सा), ३ जेठ : सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले...

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:२२

काठमाडौँ, ३ जेठ : आज वैशाख शुक्ल नवमी अर्थात् सीता...

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:१२

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासन...

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:०५

फुङ्लिङ (ताप्लेजुङ), ३ जेठ: मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा...

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...