back
NMB ad

बजारमा नक्कली चुरोट खुलेआम बिक्री वितरण

Kumari bank ad

धनुुषा । सिरहा,धनुषा तथा महोत्तरीको सहरी तथा ग्रामीण क्षेत्रमा नेपाली ब्राण्डकै भारतीय नक्कली चुरोटको बिक्री वितरणमा बिगबिगी बढेको छ ।

नेपाल र भारत सीमासँग जोडीएको अधिकांश बजारमा नक्कली चुरोट खुलेआम बिक्री वितरण गरेको पाइएको हो । यो समस्या यी दुई जिल्लामा मात्र नभई प्रदेश दुईका आठै जिल्लामा रहेको पाइएको छ ।

आन्तरीक राजस्व कार्यालय धनुषाको निर्णय अनुसार धनुषाको महेन्द्रनगर ईलाका प्रहरी कार्यालयको नेतृत्वमा खटिएको टोलीले क्षिरेश्वर नगरपालिका ५ स्थित शंकर जेनरल स्टोर्स र चन्दन किराना स्टोर्समा नक्कली चुुरोटको खरिद विक्रीको गोप्य सुचनाका अनुसार छापा मारेर मंगलवार सूर्य नेपाल प्रालीको सक्कलीमा गाढा रातो रंगको डिब्बा जस्तै देखिने ४९९ थान खुकुरी ब्राण्डको नक्कली चुरोटको डब्बा फेला परेका छन ।

फेला पारेका नक्कली चुरोट सहित पसलका सञ्चालक शंकर साहलाई प्रहरी नियन्त्रनमा लिई थाप अनुसन्धानका लागि आन्तरीक राजस्व कार्यालय जनकपुरधाम पठाईएको हो ।

सामान बरामद गर्ने मात्रै नभएर यसमा कारबाही प्रक्रिया अगाडि नबढेसम्म नक्कली सामान भित्रने कमी नआउने जानकार बताउँछन् ।

सरकारले नीति नियम कार्यान्वयन गर्न नसक्दा नेपाली बजारमा नेपाली ब्राण्डकै भारतीय नक्कली सूर्तीजन्य पदार्थको बिक्री वितरण एवं कारोबार हुँदै आएको जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले खुलाएको छ ।

सम्बन्धित निकायले ठोस रुपमा अनुगमन गर्न नसक्दा यस्ता नक्कली पदार्थ बिक्री भइरहेको छ भने राजस्व छली समेत हुँदै आएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

नक्कली भारतीय सूर्तीजन्य पदार्थ नेपाली बजारमा पाउन थालेपछि नेपाली उद्योग धाराशायी हुने स्थितिमा पुगेको उद्योगिहरुले बताएका छन् ।

सूर्य नेपाल प्रा.लि.को सक्कलीमा गाढा रातो रंगको डिब्बा रहेको छ भने नक्कली चुरोटमा आन्तरिक राजस्व विभाग लेखिएको नक्कली स्टिकर, फिक्का रातो रंगको डिब्बा, भित्र चुुरोटको आकारमा परिवर्तन समेत रहेको देखिएको छ ।

एक महिनामा विभिन्न स्थानहरुबाट कम्तीमा ५ करोड रुपैयाँ बराबरको नक्कली चुरोट अबैध रुपमा भित्रिने गरेको स्वदेशी उत्पादकहरुको दाबी रहेका छन ।

अवैध कारोबारीले प्रति महिना करिब ३ करोड रुपैयाँ अन्तःशुल्क छलेको अनुमान गरिएको । यसमा सरकारी निकायले ध्यान दिन अत्यन्तै आवश्यक रहेको छ ।

वि.सं.२०७८ कात्तिक २२ सोमवार १४:०४ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...