back
NMB ad

बाढीपहिरो गएको एक महिनापछि क्षति विवरण खोज्दै प्रदेश सरकार

Kumari bank ad

विराटनगर । बाढीपहिरो गएको महिना दिन बित्न लाग्दा प्रदेश १ सरकारले बल्ल क्षतिको विवरण खोज्न थालेको छ । बाढीपीडितहरू राहतको पर्खाइमा बसिरहेका बेला तालुक मन्त्रालय भने विवरणको खोजीमा जुटेको हो ।

प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत विपद् कार्यकारी समितिको सोमवार बसेको बैठकले बाढीपहिरोबाट प्रदेशमा भएको क्षतिको समीक्षा गर्दै क्षतिको विवरण पूर्ण रूपमा आउन बाँकी रहेकोले जिल्लास्थित दैवी प्रकोप उद्धार समितिबाट चाँडै विवरण माग्ने निर्णय गरेको छ ।

प्रदेश १ का १४ जिल्लामा विपद्जन्य घटनाको जोखिम क्षेत्रको ‘म्यापिङ’ गरेर १५ दिनभित्र विवरण मन्त्रालयमा पठाउन समेत जिल्ला विपद् व्यवस्थापन समितिलाई मन्त्रालयले निर्देशन दिएको मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले जानकारी दिए । समितिका अध्यक्ष, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले पाँचथरको मिक्लाजुङ जोड्ने सडक सुचारु गर्न समन्वय गर्ने निर्णय गरेको छ ।

सडक अवरुद्ध हुँदा खाद्यान्न सामग्री अभाव भए पिन सो क्षेत्रमा खाद्यान्न पठाउने निर्णय भने मन्त्रालयले गरेको छैन । संघीय भौतिक पूर्वाधार मन्त्रालय र सडक डिभिजनसँग समन्वय गरेर तत्काल सडक मर्मत गर्दै सुचारु गर्न समन्वय गर्ने, वर्षा र बाढीबाट भएको मृत्युको विवरण प्राप्त भए पनि अन्य क्षतिको विवरण पूर्ण रूपमा आउन बाँकी रहेकोले जिल्लास्थित दैवी प्रकोप उद्धार समितिबाट चाँडै विवरण लिने निर्णय गरेको सचिव पराजुलीले बताए ।

प्रदेशका १४ वटै जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई सम्भावित विपद्का कारण उत्पन्न परिस्थितिमा उद्धारको लागि आवश्यक पर्ने सामग्री आवश्यक भए मन्त्रालयमा माग गरेर पठाउने, बाढीपहिरोबाट भएको भौतिक संरचना आदि क्षतिको भौतिक पूर्वाधार मन्त्रालयबाट एकीकृत विवरण तयार गरी मर्मत गर्नुपर्ने सडक भए मर्मत गर्ने समेत निर्णय गरेको छ ।

वि.सं.२०७८ कात्तिक २३ मंगलवार १३:३७ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...