back
NMB ad

४१.४४ प्रतिशतले बढ्यो आँधिखोला लघुवित्तको नाफा, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनी सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आवको असोज मसान्तसम्म ९३ लाख ४४ हजार रुपैयाँ नाफा गरेको छ ।

कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने ४१.४४ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तसम्म कम्पनीले ६६ लाख ६ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीले १ करोड ८१ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको असोज मसान्तको तुलनामा १८.३० प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १ करोड ५३ लाख ७५ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुगेको कछ । कम्पनीले जगेडा तथा कोषमा भने ७ करोड ८७ लाख ८९ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको खराज कर्जा भने झिनो घटेको छ । गत वर्षको असोज मसान्तमा ४.८७ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने ४.७८ प्रतिशत रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ७९ पैसा रहेको छ ।

वि.सं.२०७८ कात्तिक २४ बुधवार ११:२३ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...