काठमाडौं । बुधवार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । उक्त दिन छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले वृद्धि भएको हो ।
योसंगै आज छापावाला सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन ९२ हजार ३ सय रुपैयाँ खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९२ हजार २ सय रुपैयाँ तोकिएको हो । अघिल्लो दिन ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।
वि.सं.२०७८ कात्तिक २४ बुधवार ११:०८ मा प्रकाशित