back
NMB ad

थप चार वाणिज्य बैंकहरुले घोषणा गरे लाभांश, कुनको कति ?

Kumari bank ad

काठमाडौं । तिहार लगत्तै थप चार वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरेका हुन् ।

हालसम्म २० वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । जसमध्ये ४ बैंकहरुले तिहारपछि मात्र लाभांश घोषणा गरेका हुन् । यस अघि १६ बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् ।

तिहार लगत्तै लाभांश घोषणा गर्नेमा मेगा बैंक, प्रभु, प्राइम कमर्सियल र सनराइज बैंकले लाभांश प्रस्ताव गरेका हुन् ।

जसमध्ये मेगा बैंकले १२.०७ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले हाल कायम चुक्ता पुँजी १४ अर्ब ६५ करोड रुपैयाँको १२.०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड रुपैयाँ बराबरको बोनस सेयर दिने भएको हो ।

यस्तै, प्रभ बैंकले १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

त्यसैगरि सनसाइज बैंकले भने ७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

यता, प्राइम कमर्सियल बैंकले १६.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १६ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत कर प्रयोजनसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यी चारै वटा बैंकहरुद्वारा प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात वितरण हुनेछ ।

वि.सं.२०७८ कात्तिक २४ बुधवार १६:५२ मा प्रकाशित

You can share this post!

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...