back
NMB ad

सूर्योदय लघुवित्तको नाफामा छलाङ, १५९ प्रतिशतले वृद्धि हुँदा कस्तो देखियो अन्य सूचक ?

Kumari bank ad

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा ३ करोड ६ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने १५९.०७ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तमा १ करोड १८ लाख २७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले ७ करोड ४६ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको असोज मसान्तको तुलनमा २८.९८ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५ करोड ७८ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी २४ करोड ८० हजार ४२ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २१ करोड ४१ लाख ४ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीले १ अर्ब ५५ करोड २४ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरि ४ अर्ब ४८ करोड ७ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

चालु आवको असोज मसान्तमा कम्पनीको खराब कर्जा पनि वृद्धि भएको छ । गत वर्षको उक्त अवधिमा २.९३ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा बढेर ३.०३ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ३२ पैसा रहेको छ ।

वि.सं.२०७८ कात्तिक २५ बिहीवार ०८:५८ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...