back
NMB ad

पाटनमा कात्तिक नाच अन्तर्गत दोस्रो दिन बाथः प्याखँ नाट्य नृत्य मञ्चन

Kumari bank ad

ललितपुर । ललितपुरको पाटन दरवारमा जारी कात्तिक नाचमा विहीबार बाथः प्याखँ नाट्य कथामा आधारित नाच मञ्चन गरिएको छ । पाटन दरवार परिसरमा रहेको डवलीमा साँझ ८ बजे सुरु नाच राति ११ बजेसम्म चलेको थियो ।

१२ पैसाको बाख्रा कसरी ६ पैसामा साहुलाई झुक्याएर किन्ने काम हुन्छ भन्ने सन्देशमुलक कथामा आधारित यस नाट्य नाच देखाइएको कात्तिक नाच संरक्षक समितीका अध्यक्ष रविन्द्र चित्रकारले बताए ।

चित्रकारका अनुसार झण्डै ३८० वर्षभन्दाअघि सिद्धिनरसिं मल्लको पालादेखि चल्दै आएको यो ऐतिहासिक नाच २००६ सालसम्म २७ दिन मञ्चन हुन्थ्यो । कात्तिक नाच चलाउन आर्थिक अभाव रहेको चित्रकार बताउँछन् ।

कलाकारहरूलाई चित्तबुझ्दो पारिश्रमिक दिन नसक्ने अवस्था रहेको बताउँछन् । २७ दिनसम्म नाच चलाउन कलाकार १५० भन्दा धेरै कलाकार आवश्यक पर्ने हुँदा बजेट अभावमा चलाउन नसकिएको उनको भनाइ छ ।

२००७ सालदेखि २०३७ सालसम्म दुई दिन चलाइएको थियो । २०३८ सालबाट २०७१ सालसम्म आठ दिन चलेको थियो । २०७१ सालदेखि २०७६ सालसम्म १२ दिनसम्म मञ्चन गरिएको यो नाच २०७७ सालमा कोरोना महामारीपछि सामाजिक दूरी कायम गरेर दुई दिन मात्र चलाइएको थियो । यो वर्ष भने २४ कात्तिक बुधबारदेखि १ मंसिरसम्म चल्नेछ ।

बुधबार र बिहीबार सुदामा प्याख र बाथः प्याखँ सामाजिक कथामा आधारित नाट्य कथामा आधारित नृत्य प्रस्तुत गरिएका थियो । शुक्रबारबाट हिन्दु धर्ममा आधारित भगवान कृष्णका कथामा आधारित नाट्य नृत्य प्रस्तुत हुनेछन् । तीमध्ये शितज्वररविष्मज्वर युद्ध, महादेवरकृष्ण युद्ध, भैरव,भैरव कुमारी महालक्ष्मी नृत्य,मधुकैटव बध,हिरण्याक्ष वध,नृसिंह अवतार नृत्यलगायत छन् ।

३८० वर्षअघि सिद्धिनरसिंह मल्लको पालामा गुरु हरिवंश उपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहमा यो नाच चलाइएको किंवदन्ती छ ।

वि.सं.२०७८ कात्तिक २६ शुक्रवार १२:४६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...