back
NMB ad

जलविद्युत कम्पनीको नाफामा देखियो चमक: ८२.६४ प्रतिशतले बढ्यो, कुन कति अब्बल ?

Kumari bank ad

बिक्रम सुनार

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा जलविद्युत कम्पनीहरुले साढे ६५ करोड बढी नाफा गरेका छन् ।

संचालनमा रहेकामध्ये १० कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको असोज मसान्तसम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।

उक्त अवधिमा ती कम्पनीहरुले ५६ करोड ५४ लाख ४६ हजार रुपैयाँ नाफा गरेका हुन् । कम्पनीहरुको नाफा गत वर्षको असोज मसान्तको तुलनामा ८२.६४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीहरुको नाफा ३० करोड ९५ लाख ९१ हजार रुपैयाँ मात्रै रहेको थियो ।

वित्तीय विवरण सार्वजनिक गरेको १० जलविद्युत कम्पनीमध्ये २ वटा भने नोक्सानीमा देखिएका छन् । जसमध्ये शिवश्री हाइड्रोपावर १० करोड ३३ लाख ३० हजार रुपैयाँ र घलेम्दी हाइड्रो २ करोड १७ लाख ३९ हजार रुपैयाँ ऋणात्मक देखिएको छ । घलेम्दी हाइड्रो गत वर्षको सोही अवधिको तलुनामा भने नोक्सानी घटाएको छ । कम्पनीले गत वर्षको असोज मसान्तमा ३ करोड २ लाख ६४ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा माउन्टेन इनर्जी नेपालको रहेको छ । कम्पनीले चालु आवको असोज मसान्तसम्ममा २९ करोड ३५ लाख ८ हजार रुपैयाँ नाफ गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ७८५.८२ प्रतिशतले बढी हो । गत वर्षको उक्त अवधिका कम्पनीको नाफा ३ करोड ३१ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, धेरै नाफा कमाउने दोस्रो स्थानमा रहेको अरुण कावेली पावरले यस वर्षको पहिलो त्रैमासमा १३ करोड ५३ लाख रुपैयाँ कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १९.२३ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तसम्म कम्पनीले ११ करोड ३५ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिका सबैभन्दा कम नाफा कमाउने दिव्यश्वरी हाइड्रोपावरले २९ लाख ३७ हजार रुपैयाँ कमाएको छ । यद्यपि, गत वर्षको पहिलो त्रैमासमा भने कम्पनी ५१ लाख ४१ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । यसका आधारमा भने कम्पनीको नाफामा उल्लेखीय सुधार नै मान्नुपर्दछ ।

यस्तै, उक्त अवधिमा पाँचथर पावरले १० करोड ३१ लाख ३९ हजार रुपैयाँ कमाएको छ । कम्पनीको नाफा गत वर्षको असोज मसान्तको तुलनामा ४०.२० प्रतिशतले बढी हो । कम्पनीले गत वर्षको सोही अवधिमा ७ करोड ३५ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

त्यसैगरि उक्त अवधिमा बुटवल पावरले ७ करोड ५८ लाख ९ हजार, रुरु जलविद्युत कम्पनीले ३ करोड ३३ लाख ३५ हजार, आँखु खोला जलविद्युत कम्पनीले २ करोड ३० लाख २० हजार र यूनियन हाइड्रोपावर कम्पनीले १ करोड ३३ लाख ८७ हजार रुपैयाँ नाफा कमाएका छन् ।

हेर्नुहोस, कुनको कति ?

वि.सं.२०७८ कात्तिक २८ आइतवार १७:३२ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...