back
NMB ad

सबैको लघुवित्तले कमायो २ करोड १४ लाख नाफा, यस्ता छन् अन्य सूचक

Kumari bank ad

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा उल्लेखीय नाफा गरेको छ ।

चालु आवको असोज मसान्तमा कम्पनीले २ करोड १४ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले बुधवार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत वर्षको असोज मसान्तमा ६३ लाख ७७ हजार रुपैयाँ नाफा गरेको कम्पनीले यस वर्षको सोही अवधिमा २३६.४७४ प्रतिशतले बढाएको छ ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५ करोड ५९ लाख ३२ हजार रुपैयाँ रहेको छ । गत वर्षको असोज मसान्तको तुलनामा कम्पनीको खुद ब्याज आम्दानी प्रतिशतले बढेको हो । गत वर्षको उक्त अवधिमा १ करोड ५४ लाख ३४ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ८ करोड २३ लाख ९० रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा वृद्धि भएको देखिएको छ । गत वर्षको असोज मसान्तमा १.९७ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमान भने २.७३ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७९ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५१ पैसा रहेको छ ।

वि.सं.२०७८ मंसिर १ बुधवार १२:१२ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...