back
NMB ad

सर्वाधिक कर बुझाउनेमा टेलिकम, व्यक्तिगतमा सातौं पटक पनि सिद्धार्थ राणा

Kumari bank ad

काठमाडौं । नेपाल सरकारलाई सवैभन्दा बढी कर बुझाउनेमा नेपाल दुरसन्चार कम्पनी (नेपाल टेलिकम) रहेको छ ।

बुधबार सरकारले आयोजना गरेको राष्ट्रिय कर दिवसका अवसरमा नेपाल टेलिकमले सवैभन्दा बढी कर तिरेका कारण सम्मानित भएको छ ।

यस्तै निर्यात उद्योगतर्फ डावर नेपालले सर्वाधिक कर बुझाएको छ । डावर नेपालकाका तर्फबाट शशिरन्जन मिश्रले सम्मान थापेका छन् ।

विशेष उद्योगतर्फ एसियन पेन्ट्सले वढी कर बुझाएको छ, भने वाणिज्य बैंकतर्फ नबिल बैंकले सर्वाधिक कर बुझाएको छ। एसियन पेन्ट्सको तर्फबाट गोपाल श्रेष्ठले सम्मान थापेका छन् भने नविल बैंकबाट अनिलकेशरी शाहले सम्मान थापेका छन् ।

त्यस्तै सेवा क्षेत्रबाट सर्वाधिक कर तिर्नेमा नोबेल हस्पिटल रहेको छ, भने पर्यटनबाट तारागाउँ रिजेन्सी(ह्यात) बढी कर तिर्नेमा सम्मानित भएको छ ।

त्यस्तै भाटभटेनीले पनि बढी कर तिरे बापत सम्मान थापेको छ, भने हिमाल पावर कम्पनीले पनि हाइड्रोपावर क्षेत्रमा बढी कर तिरेकोमा सम्मानित भएको छ ।

सहकारी तथा लघुवित्त कम्पनीबाट छिमेक लघुवित्तले सर्वाधिक कर तिरेको छ भने कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेकले बढी कर बुझाएको भन्दै सम्मानित भएको छ।

सबैभन्दा बढी मूल्य अभिवृद्धि कर र आयकर बुझाउने उद्योगमा सूर्य नेपाल सम्मानित भएको छ। त्यस्तै भ्याटमा अनुशासित भएको भन्दै घोराही सिमेन्टले सम्मान पाएको छ। बीमा कम्पनीका तर्फबाट नेपाल पुनर्बीमा कम्पनी सर्वाधिक कर तिर्नेको रुपमा सम्मानित भएको छ ।

व्यक्तिगत आयकर तिर्नेमा सातौपटक पनि सिद्धार्थ राणा

त्यस्तै सर्वाधिक व्यक्तिगत आयकर तिर्नेमा सातौपटक पनि सिद्धार्थ राणा सम्मानित भएका छन् । उनी टाटा मोटर्सको नेपालका आधारिक विक्रेता सिप्रदी ट्रेडिङ्गका अध्यक्ष हुन् ।

उनलाई सरकारले अहिलेसम्म सातौपटक सर्वाधिक आयकर तिर्नेको रुपमा सम्मानित गर्दै आएको छ । उनले तिरेको करको रकम भने अहिलसम्म खुलाइएको छैन ।

गत बर्ष भने विजयकुमार शाहले सर्वोत्कृष्ट करदाताको उपाधि हात पारेका थिए । त्यअघि लगातार ६ पटकसम्म राणा सर्वोत्कृष्ट करदाता बनेका थिए भने यो वर्ष पनि राणाले नै सर्वोत्कृष्ट करादाताको किताव हात पारेका छन् ।

राणा सुर्य नेपालका संचालक समितिको निर्देशक पनि हुन् । सुर्य नेपाल पनि सर्वोत्कृष्ट आयकर बुझाउनेमा एक नम्बरमा परेको छ ।

वि.सं.२०७८ मंसिर १ बुधवार १२:३३ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...