back
NMB ad

सिटिजन लाइफको जीवन बीमाकोष ४ अर्ब नाघ्यो, बीमाशुल्क आर्जनमा पनि शत प्रतिशत वृद्धि

Kumari bank ad

काठमाडौं । सिटिजनस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्पनीले ६ करोड २२ लाख ७३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत वर्षको असोज मसान्तको तुलनामा १.८२ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ११ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस वर्ष कम्पनीले १ अर्ब २४ करोड ३२ लाख ४२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको बीमाशुल्क आर्जन गत वर्षको पहिलो त्रैमासको तुलनामा १०० प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ६२ करोड ८ लाख १६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

उक्त अवधिमा कम्पनीले २६ करोड १ लाख ७५ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दावी रकम भने १ करोड २ लाख ४२ हजार रुपैयाँ रहेको देखिएको छ ।

कम्पनीका चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ७६ करोड ५८ लाख ९१ हजार रुपैयाँ राखेको छ ।

यस्तै, कम्पनीले जीवन बीमा कोषमा ४ अर्ब २५ करोड ५५ लाख ४८ हजार रुपैयाँ र महाविपत्ती जगेडामा ८ करोड ४४ लाख ६९ हजार रुपैयाँ राखेको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिएको छ जसअनुसार कम्पनीले कुल लगानी तथा कर्जा रकम ६ अर्व ८९ करोड रुपैयाँ मध्ये करिब ७२.४७ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ ।

यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।

हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी वनाउदै लैजाने उद्धेश्यका साथ कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरु ‘डिजिटल सिटिजन अभियान’, ‘सिटिजन स्वरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवम नवीनतम जीवन बीमा योजना र व्यवसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १३:०८ मा प्रकाशित

You can share this post!

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...