back
NMB ad

चार महिनादेखि अपडेट छैनन् मन्त्रिपरिषद्का निर्णय

Kumari bank ad

काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएको चार महिना नाघिसक्दा पनि मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक हुँदै आउने गरेका निर्णयहरू गत ७ असारदेखि अपडेट भएका छैनन् । देउवा गत २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव कृष्णबहादुर राउतले क्याबिनेट शाखाले अपडेट नगर्दा नदेखिएकोे बताए । ‘मन्त्रिपरिषदको निर्णयको अपडेट क्याबिनेट शाखाले गर्ने हो, अब म अपडेट गराउन भनिहाल्छु,’ प्रवक्ता राउतले भने ।

पूर्ववर्ती सरकारले गत ७ असारमा गरेको निर्णयपछि कुनै पनि निर्णय सार्वजनिक नगरिएको हो । मन्त्रिपरिषद बैठकपछि सरकारका प्रवक्ताले बैठकका निर्णय सार्वजनिक गर्ने गरेको भए पनि वेबसाइटमा भने त्यसलाई राखिएको छैन ।

पूर्ववर्ती सरकारले सातामा एक दिन मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने गरेको भए पनि देउवा नेतृत्वको सरकारले भने बैठक सकिएलगत्तै प्रवक्तामार्फत मौखिक रूपमा निर्णय सार्वजनिक गर्दै आएको छ ।

वि.सं.२०७८ मंसिर २ बिहीवार १३:४८ मा प्रकाशित

You can share this post!

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...