back
NMB ad

आइसीसीको एक दिवसीय क्रिकेट, नेपाल अझै अन्योलमा !

Kumari bank ad

काठमाण्डौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले एकदिवसिय क्रिकेटमा नयाँ लिगको प्रस्ताव तयार पारेको छ। ५० ओभरको क्रिकेटलाई नयाँ शैलिमा अगाडी बढाउन आइसीसीले यस्तो प्रस्ताव अगाडि सारेको हो जसमा विश्वका उत्कृष्ट १३ राष्ट्रले भाग लिन पाउने छन्।

आइसीसीले प्रस्ताव गरेको नयाँ लिगमा टेष्ट क्रिकेट खेल्ने दश राष्ट्रसहित अन्य तीन राष्ट्रले खेल्ने मौका पाउनेछन्। टेष्ट बाहेकका राष्ट्रमा अफगानिस्तान र आयरल्याण्ड छन् भने नेपाललाई सम्भावित राष्ट्रको रुपमा राखिएको छ।

आइसीसीको प्रस्ताव अनुसार यो लीग तीन वर्षको हुनेछ जसमा हरेक राष्ट्रले सबैसँग खेल्नेछ। अन्तिममा शीर्ष दुई स्थानमा रहने राष्ट्रबीच प्लेअफ खेलाइनेछ र ओभरअल लिग विजेताको छिनोफानो गरिनेछ।

होम एण्ड अवे प्रणालीमा खेलाइने लिगमा प्रत्येकले अर्को टीमसँग तीन म्याचको सिरिज खेल्नेछ।

यदि यो नयाँ लिग प्रणाली लागू भएमा विश्वकप क्रिकेटका लागि स्वतः छनोट हुने व्यवस्था पनि गरिनेछ । यस्तै तीन वर्षको लिगपछि पुछारमा रहने टीम रेलिगेसनमा पर्दै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा घटुवा हुनेछ।

नयाँ प्रस्तावले अफगानिस्तान र आयरल्याण्ड जस्ता क्रिकेटमा प्रगति गरिरहेको राष्ट्रलाई फाइदा पुग्ने देखिन्छ। १३ औं टीमको विषयमा भने अझै अन्तिम निर्णय हुन बाँकी छ। यसमा नेपालको सहभागिता निश्चित भएको छैन। आइसीसी नेपाली क्रिकेटको लोकप्रियताबाट प्रभावित छ। त्यसैले पनि नेपाललाई विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने मौका प्रदान गरेको हो।

तर यसको अङ्क तालिकामा अहिले नेपाल शीर्ष चारमा पनि छैन। नेदरल्यान्डस अहिले यसको शीर्ष स्थानमा छ।

आइसीसीले यसअघि टेष्ट क्रिकेटमा पनि दुई डिभिजनको लिग खेलाउने योजना अघि सारेको थियो, जसमा नेपालको नाम पनि उल्लेख छ।
यसै महिनाको अन्तिममा एडिनवर्गमा हुने आइसीसीको वार्षिक सम्मेलनमा टेष्ट र एकदिवसीय क्रिकेट दुवैको बारेमा नयाँ योजना, प्रस्ताव पेश हुने र त्यसबारे छलफल हुने बताइएको छ।
१२ असार २०७३, ३.३०

वि.सं.२०७३ असार १२ आइतवार १६:५० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...