बाग्लुङ । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाअधिवेशनका लागि बाग्लुङबाट प्रतिनिधि छानिएका छन् । १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि प्रतिनिधिको टुंगो लागेको हो ।
बाग्लुङबाट खुलातर्फ ईन्द्रलाल सापकोटा, सूर्यप्रसाद पाठक, जनकराज पौडेल, हिराबहादुर केसी, मोहनलाल शर्मा, सञ्जय शेरचन र तुल्सी अर्याल महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।
महिलातर्फ साबित्रा राना, गीता शर्मा र यमुना राना तथा दलिततर्फ देवकुमार नेपाली र धनबहादुर परियार महाधिवेशन प्रतिनिधि बनेका छन् ।
वि.सं.२०७८ मंसिर ३ शुक्रवार ११:०८ मा प्रकाशित