back
NMB ad

तेह्रथुममा कांग्रेसको प्रदेश सभा अधिवेशन सुरु

Kumari bank ad

तेह्रथुम ।नेपाली कांग्रेस तेह्रथुमको निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभाको प्रथम क्षेत्रीय अधिवेशन सुरु भएको छ ।

तेह्रथुमको निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभा (क) को लालिगुराँस नगरपालिका बसन्तपुरमा र प्रदेश सभा ९ख०को फेदाप गाउँपालिका पोक्लाबाङमा एकैपटक सुरु भएको हो । च्याब्रुङ, नौमती बाजाको साथमा बजार परिक्रमामा गर्दै अधिवेशन सुरु भएको प्रदेश सभा(क) का सभापति बिपीन निङ्लेकुले जानकारी दिए । प्रदेश (क) मा जिल्ला सभापति गोविन्द ढुंगाना र प्रदेश (ख) मा केन्द्रीय सदस्य सीता गुरुङको प्रमुख आतिथ्यतामा अधिवेशन सुरु भएका छन् ।

प्रदेश सभा(क) मा नारायण सुब्बा र कमल बानियाँले उम्मेदवारी दिएका छन् । प्रदेश सभा(ख) मा भुवानसिंह चोङबाङ र चन्द्र मादेम्बा चुनाव लड्दैछन् । प्रदेश सभा (क) अन्तर्गत म्याङलुङ नगरपालिकाबाट एक सय ७६, लालिगुराँस नगरपालिकाबाट एक सय ५१ र छथर गाउँपालिकाबाट ९७ गरी चार सय २४ जना क्षेत्रीय प्रतिनिधि छन् ।

प्रदेशसभा ९ख० आठराई गाउँपालिकाबाट एक सय १८, फेदाप गाउँपालिकाबाट ८५ र मेन्छ्यायेम गाउँपालिकाबाट एक सय ६ गरी तीन सय नौजना क्षेत्रीय प्रतिनिधि छन् ।

प्रदेशसभा र जिल्ला अधिवेशनमा सात सय ३३ क्षेत्रीय प्रतिनिधिको सहभागिता रहनेछ । प्रतिनिधिले निर्वाचन प्रदेश (क) र (ख) मा नेतृत्वमा चयन गर्दै जिल्ला कार्यसमिति चयन गर्ने निर्वाचन अधिकृत लक्ष्मण रन्जितले बताए । प्रदेश सभा निर्वाचन क्षेत्रअन्तर्गत तेह्रथुमको(क) र (ख) बाट सभापति एक, उपसभापति दुई, सचिव दुई, खुला महिला तीन,खुला पुरुष सात सदस्य छन् ।

समानुपातिकतर्फबाट खस महिला एक, जनजाति महिला एक, खस आर्य खुला एक,आदिवासी खुला दुई, दलित एक, मधेसी, अल्पसंख्यक तथा मुस्लिमबाट एक अपा‌ंगता एक गरी २५ सदस्य कार्यसमिति नयाँ हुने भएको छ ।

वि.सं.२०७८ मंसिर ३ शुक्रवार १४:१४ मा प्रकाशित

You can share this post!

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...