back
NMB ad

३४ प्रतिशतले घट्यो नेष्डो समृद्ध लघुवित्तको नाफा, खराब कर्जा ७.३२ प्रतिशत पुग्यो

Kumari bank ad

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीको चालु आवको असोज मसान्तमा ५ करोड ७ लाख २८ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३४.१२ प्रतिशतले कमी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ७ करोड ७० लाख १२ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । गत वर्षको असोज मसान्तमा १२ करोड ८५ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको यस वर्षको सोही अवधिमा भने २९.७७ प्रतिशतले घटेको हो । यस वर्षको पहिलो त्रैमासमा कम्पनीले ९ करोड २ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

कम्पनीको चुक्ता पुँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ । कम्पनी कोष तथा जगेडामा ४८ करोड ११ लाख १६ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीका खराब कर्जा पनि ह्वात्तै बढेको देखिएको छ । गत वर्षको असोज मसान्तमा २.७३ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने ७.३२ प्रतिशत पुगेको छ ।

वि.सं.२०७८ मंसिर ५ आइतवार १२:०५ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...