back
NMB ad

साइकल यात्री पराजुलीले पुर्‍याए सिलिचुङको शिखरमा साइकल

Kumari bank ad

खोटाङ । मुन्दुम ट्रेल ((मुन्दुम मार्ग)को प्रवर्द्धनका लागि साइकल यात्री तेजप्रसाद पराजुली (एभरेष्टबाबु)ले सिलिचुङ टपमा साइकल पुर्‍याएका छन् । गत वैसाखमा मुन्दुम ट्रेल अन्तर्गत भोजपुर, सुन्तले, मैयूँडाँडा, हाँसपोखरी, दलसिंगे हुँदै चखेवाभञ्ज्याङबाट भोजपुर नै फर्किएका साइकल यात्री पराजुली भिररपहरा छिचोल्दै सिलिचुङको शिखरमा साइकल पुर्‍याउन सफल भएका हुन् ।

साइकल कुदाएर नेपालका ७७ जिल्लाको यात्रा गरिसकेका पराजुलीले महाकुलुङ बुङ, छेस्काम हुँदै गुदेलदेखि ट्रेकिङ र साइकलमार्फत हिलारी नोर्गे ट्रेल हुँदै साल्पा पोखरी दर्शन गरेर सिलिचुङको शिखरमा साइकल पुर्‍याएको मुन्दुम ट्रेलका प्रवर्द्धक मैयूं-टेम्के-साल्पा-सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्र (एमटीएसएसटीसीपी)का अध्यक्ष रमेश राईले जानकारी दिए ।

पराजुलीले मुन्दुम ट्रेलको इतिहासमा सिलिचुङको टपमा साइकल पुर्‍याउने पहिलो साइकल यात्रीको इतिहास बनाएका छन् । समुद्री सतहबाट ४१६५ मिटर अग्लो सिलिचुङ भोजपुर, सोलुखुम्बर र संखुवासभाको बीचमा छ ।

खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीय स्थलको पर्यटन प्रवर्द्धनका लागि परिकल्पना गरिएको मुन्दुम ट्रेलको प्रचारप्रसारमा झापा चन्द्रगढीका साइकल यात्री पराजुली पनि चासोका साथ लागिपरेका छन् ।

मुन्दुम ट्रेलको मूख्य गन्तव्यका रूपमा रहेको साल्पा पोखरी नजिकै ‘साल्पा स्तम्भ’ उद्घाटन गरिएको छ । भोजपुरको साल्पा सिलिछो गाउँपालिकाले तयार पारेको डीपीआरअनुसार सालपा कल्याणकारी कोषको लगानीमा निर्माण गरिएको स्तम्भ पूर्वसांसद एवं सालपा विकास बैंक खोटाङका अध्यक्ष टंक राईले उद्घाटन गरेका हुन् । मुन्दुम ट्रेलका प्रवर्द्धक मैयूं-टेम्के-साल्पा-सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्र (एमटीएसएसटीसीपी)का अध्यक्ष राईको संयोजनमा ‘साल्पा स्तम्भ’ निर्माणको सुरूदेखि अन्तिमसम्मको काम सम्पन्न भएको हो । प्राज्ञ नारदमनी हार्तम्छालीले सो स्तम्भको डिजाइन गरेका हुन् ।

खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीय स्थल चखेवाभञ्ज्याङ, मैयुङडाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पा पोखरी, सिलिचुङडाँडा लगायतको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले २०७५ सालमा मुन्धुम ट्रेलको अवधारणा अघि सारिएको हो ।

मुन्दुम ट्रेलमा खोटाङको साकेला गाउँपालिकाको तावाभञ्ज्याङबाट भोजपुरको टेम्केमैयूं गाउँपालिका, खोटाङको केपिलासगढी गाउँपालिका, भोजपुरको साल्पा सिलिचोँ गाउँपालिका, साल्पापोखरी हुँदै साल्पा सिलिछो पिक पुर्‍याउने र ताराखसे पोखरीबाट भोजपुरको षडानन्द नगरपालिका, भोजपुर नगरपालिका हुँदै मध्यपहाडी लोकमार्गको साम्पाङ चोकलाई समेटिएको छ ।

आन्तरिक तथा वाह्य पर्यटकलाई यात्रा गराउँदै पर्यटन प्रवर्द्धन गर्ने र आन्तरिक आयआर्जन वृद्धि गर्ने लक्ष्यका साथ मुन्दुम ट्रेलको परिकल्पना गरिएको मैयूं-टेम्के-साल्पा-सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले जनाएको छ ।

वि.सं.२०७८ मंसिर ७ मंगलवार १२:०३ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...